भेरी नदीमा बेपत्ता भएका अर्का व्यक्तिको पनि शव भेटियो « Khabarhub

भेरी नदीमा बेपत्ता भएका अर्का व्यक्तिको पनि शव भेटियो


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका– १० स्थित भेरी नदीमा खसेर बेपत्ता भएका अर्का एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ । 

आइतबार दिउँसो पूर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका–२ स्थित प्वाङ बस्ने १८ वर्षीय अर्जुन झाक्री मगरको शव प्रहरी डुबेको स्थल भन्दा करिब २ सय मिटर दक्षिणतर्फ फेला परेको हो ।

यसअघि माघ २४ गते सोही ठाउँ बस्ने २४ वर्षीय अनिल घर्तीको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको थियो । उनीहरू निमार्णाधिन झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा माघ २३ गते दिउँसो सो नदीमा खसेर बेपत्ता भएका थिए ।

सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. ३२ रक्तकाली गण सुर्खेतबाट ६ जना गोताखोरसहितको टोली उनीहरूको खोज कार्यको लागि निरन्तर परिचालन भएको थियो ।

अघिल्लो अपडेट पढ्नुहोस् :

भेरी नदिमा बेपत्ता २ मध्ये १ जनाको शव भेटियो

झोलुङ्गे पुलको लठ्ठा बाँध्ने क्रममा भेरी नदीमा खसेर दुई जना बेपत्ता

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ६ : ४२ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द