फर्पिङमा स्कुल बस दुर्घटना- चालक र एक विद्यार्थीको ज्यान गयो, ४१ जना घाइते « Khabarhub

फर्पिङमा स्कुल बस दुर्घटना- चालक र एक विद्यार्थीको ज्यान गयो, ४१ जना घाइते


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको दक्षिणकाली नगरपालिका-४ फर्पिङमा स्कुल बस दुर्घटना भएको छ।

प्रहरीका अनुसार आइतबार दिउँसो साढे ३ बजे जुनकीरि इङ्ग्लिस बोर्डिङ स्कुलको बा१क ५६६४ नम्बरको बस सडकबाट सय मिटर तल खसेको हो।

दुर्घटनामा चालक ३५ वर्षीय रामकृष्ण थापामगर र दक्षिणकाली नगरपालिका-४ घर भएका ८ वर्षीय विद्यार्थी विपीन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए।

बोहराका अनुसार चालक थापामगरको नगर अस्पताल दक्षिणकालीमा र विद्यार्थी श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा ४१ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको बयोधा, तीन जनाको नगर अस्पताल दक्षिणकाली, पाँच जनाको कीर्तिपुर अस्पताल, तीन जनाको सहिद अस्पताल, १२ जनाको ट्रमा सेन्टर, सात जनाको मेडिसिटी अस्पताल, पाँच जनाको मनमोहन अस्पताल र एक जनाको नर्भिक अस्पतालमा उचापर भइरहेको छ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ६ : ४९ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको