चिनियाँ नयाँ वर्षको अवसरमा चीन र नेपालबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने « Khabarhub

चिनियाँ नयाँ वर्षको अवसरमा चीन र नेपालबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल र मित्रराष्ट्र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा फागुन ३ गते (फेब्रुअरी १५) दुई देशका युवा खेलाडी मैदानमा उत्रिन लागेका हुन् ।

दशरथ रंगशालामा हुने प्रतियोगिताको समन्वय राष्ट्रिय खेलकुद परिषद्ले गर्दैछ । प्रतियोगिताबारे जानकारी दिँदै काठमाडौंस्थित चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ सीनले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन फुटबल आयोजना गरिएको बताए ।

युवाहरुलाई फुटबलप्रति आकर्षण गर्न चिनियाँ नयाँ वर्षको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

‘चिनियाँहरु एथ्लेटिक्स राम्रो खेल्छन् भन्ने धेरैलाई थाहा छ’, उनले भने, ‘तर पछिल्लो समय फुटबलप्रति पनि क्रेज बढिरहेको छ, अहिले करोडौं जनताले दैनिक फुटबल खेल हेरिरहेका हुन्छन् ।’

यस पटकको प्रतियोगितामा गत वर्षभन्दा राम्रा खेलाडी नेपाल आउने बताइएको छ । अघिल्लो वर्ष हार व्यहोर्नुपरेको स्मरण गर्दै सीनले थपे, ‘हामीले ५–१ गोल अन्तरले हारेका थियौँ, तर अहिले त्यस्तो हुँदैन । युन्नान प्रान्तकै राम्रा खेलाडी छनोट गरेका छौँ ।’

एन्फाका प्रवक्ता सुरेश शाहले प्रतियोगिताबाट दुई देशको ऐतिहासिक सम्बन्ध बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

गत वर्ष आयोजित प्रतियोगिताले राम्रो प्रतिक्रिया पाएको उनले बताए। ‘यस पटक थप व्यवस्थित ढंगले आयोजना हुँदैछ । प्रतियोगिताले खेलाडीलाई मात्रै जोड्दैन, दुई देशको आत्मीयतालाई अझै न्यानो बनाउनेछ’, उनले भने ।

प्रतियोगिताको प्राविधिक पक्ष एन्फाले हेर्ने छ । मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङ, सांस्कृतिक कार्यक्रमलगायत चिनियाँ दूतावासले हेर्ने सहमति भएको प्रवक्ता शाहले जानकारी दिए । उनका अनुसार विद्युतीय गाडी ‘नामी’ मुख्य प्रायोजक रहेको प्रतियोगिताको अनुमानित बजेट ३८ लाख ९० हजार छ ।

प्रतियोगिताका लागि मुख्य प्रशिक्षक राजेश शाहीको नेतृत्वमा ४५ सदस्यीय टोली बन्द प्रशिक्षणमा रहेको जानकारी दिइएको छ ।

गत वर्ष फेब्रुअरी ११ मा नेपाल–चीनबीच मैत्रीपूर्ण फुटबल भएको थियो । २३ वर्षमुनिका खेलाडी सहभागी प्रतियोगितामा चीन ५–१ गोलले पराजित भएको थियो ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ७ : ५१ बजे

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

लन्डन – होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने एउटा जहाजमाथि शनिबार

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै

आजका समाचार : होल्डिङ सेन्टरबाट एक जना पक्राउ विद्यार्थी संगठन हटाउन त्रिविको निर्देशन, मनाइयो असार १५ र भेनेजुएलालाई चीनको सहायता

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृतराष्ट्रिय सभाको बैठकले

ओलीले भनेजस्तै कांग्रेस फुटिसकेको हो ?

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार

विद्यालयभित्रै मृत्युदेखि गम्भीर मानसिक पिडा भोग्दै बालबालिका

काठमाडौं- देशका प्रतिष्ठित तथा आवासीय विद्यालयहरूमा बेला–बेलामा हुने अप्रिय घटनाहरूले