आहा रारा गोल्डकप : डिफेन्डिङ च्याम्पियन आर्मी बाहिरियो | Khabarhub Khabarhub

आहा रारा गोल्डकप : डिफेन्डिङ च्याम्पियन आर्मी बाहिरियो


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

पोखरा – २४औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताबाट डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब बाहिरिएको छ। सोमबार पोखरा रंगशालामा भएको क्वार्टरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लबले आर्मीलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

निकै प्रतिस्पर्धात्मक खेलको ९०औं मिनेटमा चर्च ब्वाइजका राज भुषालले निर्णायक गोल गरेका थिए। दुवै टिमले खेलभरि केही उत्कृष्ट अवसर गुमाएका थिए।

खेलपछि आर्मीका प्रशिक्षक मेघराज केसीले पाएका अवसर सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको बताए। चर्च ब्वाइजका प्रशिक्षक चेतनारायण श्रेष्ठले टिमको प्रदर्शन सुधार गर्दै सेमिफाइनल खेल्ने योजना रहेको उल्लेख गरे।

चर्च ब्वाइजका मिलन राई म्यान अफ दी म्याच घोषित भए। सेमिफाइनलमा चर्च ब्वाइजले बुधबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने छ।

साहाराका ६ खेलाडी ब्रिगेड ब्वाइजमा

साहारा क्लब पोखराका ६ खेलाडी बि डिभिजन लिगका लागि ब्रिगेड ब्वाइज क्लबमा अनुबन्धित भएका छन्। क्लब अध्यक्ष केशवराज बरालले खेलाडीहरूलाई ब्रिगेड ब्वाइजको जिम्मा लगाएका हुन्। ब्रिगेड ब्वाइजले सहारा फुटबल एकेडेमीलाई २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ।

हाल एकेडेमीमा ३० बालक निशुल्क रुपमा फुटबल प्रशिक्षण लिइरहेका छन्। क्लबले हरेक वर्ष आयोजना गर्ने फुटबल प्रतियोगिताबाट आर्जित बचत रकम एकेडेमीका लागि खर्चिंदै आएको छ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ९ : ०२ बजे

सरकारले संसद्को अवहेलना गर्‍यो : हितराज पाण्डे

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले सरकारमाथि संसद्को अवहेलना

समस्याग्रस्त आयोजनामा समाधान खोज्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड   

काठमाडौं– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले समस्याग्रस्त आयोजनाहरूमा समाधान

ट्रम्पको चेतावनी- युक्रेन कुनै दिन रुसी हुनसक्छ

एजेनसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स

आठ करोडमा बनाइयो पालिकाको पक्की भवन

त्रिवेणी– आठ करोड ६९ लाख १८ हजार ११९ को लागतमा

संसदमा उठ्यो स्वर्गद्वारी आश्रमको विषय, मोही किसानलाई न्याय दिन माग

काठमाडौं– नेपाली कांग्रेसको सांसद दीपक गिरीले स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास