सुप्रिम सहकारी ठगी- रविका साझेदार छविलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश | Khabarhub Khabarhub

सुप्रिम सहकारी ठगी- रविका साझेदार छविलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– बुटवलस्थितसुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा जोशीलाई थुनछेक बहसपछि न्यायाधीश वसिष्ठ कुमार घिमिरेको इजलासले सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

त्यही सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई गत माघ १३ गते १ करोड धरौटीमा छाडेको थियो ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लाद योगीको इजलासले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेश दिएका थिए । अहिले अर्का न्यायाधीशले गोर्खा मिडिया नेट्वर्कमा रविका साझेदार छविलाललाई थुनामा पठाउने आदेश दिएको हो ।

जोशी यसअघि पोखरास्थित सूर्यदर्शन सहकारीको बचत ठगी प्रकरणमा गत पुस २५ गते जिल्ला अदालत कास्कीमा ८८ लाख र कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा गत माघ ७ गते काठमाडौं जिल्ला अदालतबाट ५० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

उता उनका साझेदार लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा माघ २ गते काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रिहा भएका थिए । पछिल्लो पटक माघ २४ गते लामिछाने ५४ लाख धरौटी बुझाएर जिल्ला अदालत चितवनबाट पनि रिहा भइसकेका छन् ।

रविका हकमा पनि मुद्दाको अन्तिम किनारा लाग्दा जेल जानुपर्ने सम्भावना कायमै छ । तीनै अदालतले रविलाई सहकारी ठगी प्रकरणमा निर्दोष मानिहाल्न सकिने आधार नरहेको टिप्पणी उठाएका थिए ।

पूरक अभियोगमा प्रतिवादी बनाइएका रवि र छविलालसहित २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो माग गरिएको थियो । उनीहरूबाट सहकारी ऐन, २०७४ को दफा १२४ को उपदफा (१) बमोजिम सहकारी संस्थालाई बिगो भराई पाउन माग गरिएको थियो ।

मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ९२ बमोजिम प्रतिवादीहरूको नाममा रहेको सम्पत्तिको हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का राख्न पनि आदेश माग गरिएको थियो ।

रवि लामिछाने गोर्खा मिडियासहित १३ करोड रुपैयाँ हिनामिनामा संलग्न रहेको अभियोग थियो। यसमा ४ करोडभन्दा बढी रविबाट बिगो कायम हुने भनिएको थियो । उनले गोर्खा मिडिया नेटवर्कमा सेयर लिँदा २ करोड रुपैयाँ सुप्रिम सहकारीबाटै भुक्तानी भएको रिटमा दाबी गरिएको थियो ।

लामिछाने समेत सञ्चालक रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न मितिमा गरी १० करोड ९९ लाख ३६ हजार रुपैयाँ लगेर हिनामिना गरेको आरोप थियो ।

सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा पूर्वगृहमन्त्री लामिछाने, उनका साझेदार पूर्वडीआईजी छविलाल जोशी, सहकारीका संरक्षक गितेन्द्रबाबु (जीबी) राईसहित २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा गत माघ ६ गते पूरक मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ९ : ३३ बजे

उपसभामुख अलमलिँदा संसद्‍मा तनाव, विरोधमा उत्रिए विपक्षी दल

काठमाडौ- मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उपसभामुख इन्दिरा रानामगर अलमलिँदा तनाव

चीनले हिल्सामा बनायो मितेरी पुल, नेपालतर्फ किचलो सुरु

सुर्खेत – नेपाल र चीनको हुम्लास्थित सीमा नाका हिल्सामा चीनले

पाथीभरा–मुक्कुमलुङ केवलकार विवाद वार्ताबाट समाधान गरिने छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले पाथीभरा–मुक्कुमलुङ केवलकार निर्माणबारेको विवाद समाधान गर्न

विपीन जोशी रिहाइका लागि भइरहेको प्रयासबारे सदनलाई जानकारी गराउन माग

काठमाडौं–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हमासले कब्जामा लिएका कञ्चनपुरको महेन्द्रनगरका

एलोन मस्कले च्याटजिपीटी बेच्न भनेपछि अल्टम्यानले भने, ‘म ट्विटर किन्छु’

न्युयोर्क– अमेरिकी अर्बपति एलोन मस्क र ओपनएआईका सीईओ साम अल्टम्यानबीच