गोकुल बास्कोटाको गुनासो- चार प्रधानमन्त्री फेरिए, चार किमि सडक बनेन, जनताले ढुंगा हान्न लागे « Khabarhub

गोकुल बास्कोटाको गुनासो- चार प्रधानमन्त्री फेरिए, चार किमि सडक बनेन, जनताले ढुंगा हान्न लागे


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले काभ्रेपलाञ्चोकको धुलिखेलदेखि खावासम्मको चार किलोमिटर सडको दयनीय अवस्थाबारे संसद्‍मा प्रश्न उठाएका छन् ।

मंगलबार बसेको संसद् बैठकको शून्य समयमा बोल्ने क्रममा उनले देशमा चारजना प्रधानमन्त्री फेरिँदा पनि उक्त चार किलोमिटर सडक बन्न नसकेको बताएका हुन् । बास्कोटाले संसद्‍को शून्य समयलाई पनि नसुन्ने समयको संज्ञा दिए ।

‘देशमा चारवटा प्रधानमन्त्री फेरिइसके तर धुलिखेलदेखि खावासम्मको चार किलोमिटर मोटर बाटो बनेन’, उनले भने, ‘अब पनि यदि यो बाटो नबनाउने हो भने जनताबाट ढुंगा खाने अवस्था आएको छ ।’

काभ्रेपलाञ्चोक जिल्लाले काठमाडौं उपत्यकालाई १७ प्रतिशत तरकारी पठाउने गरे पनि गतिलो शीतभण्डार नरहेकोमा चिन्ता व्यक्त गरे ।

‘काभ्रेले १७ प्रतिशतजति तरकारी काठमाडौंलाई दिन्छ । बनेपा, धुलिखेल, पनौती, मण्डन र बेथानचोक तरकारीका पकेट क्षेत्र हुन्’, उनले भने, ‘तर अहिले काभ्रेमा उत्पादित काउली तीन रुपैयाँ प्रतिकिलोमा बिकिरहेको छ ।’

उनले तरकारी नबिकेपछि कुहिएर जाने अवस्था हटाउन काभ्रेमा ठूला तीनवटा कोल्डस्टोर चाहिएको भन्दे सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  २ : ०८ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो