विपीन जोशी रिहाइका लागि भइरहेको प्रयासबारे सदनलाई जानकारी गराउन माग « Khabarhub

विपीन जोशी रिहाइका लागि भइरहेको प्रयासबारे सदनलाई जानकारी गराउन माग


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हमासले कब्जामा लिएका कञ्चनपुरको महेन्द्रनगरका विद्यार्थी विपीन जोशीको रिहाइका लागि सरकारले गरिरहेको प्रयासबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा उनले इजरायलमा विद्रोही हमासले अपहरण गरेका विपीनको रिहाइका लागि सरकारले गरिरहेको प्रयासका बारेमा सदनलाई जानकारी गराउन माग गरेका हुन् । 

‘दुईथरीको बीचमा सम्झौता भयो । युद्ध विराम भयो । भएपछि हमासको गिरफतारिमा परेका धेरै देशका मान्छेहरू रिहाइ भए । तर, कञ्चनपुरका विपीन जोशीको अहिलेसम्म अत्तोपत्तो छैन । के हो, हाम्रो सकरारले त्यो मान्छेको कहाँ छ ?’ केसीले भने, ‘जिउँदो–मर्दो के छ ?यो संसदलाई जानकारी गराउन पर्दैन ? बाहिर–बाहिर कुरा सुनिन्छ, उहाँ जीवितै हुनुहुन्छ । हमासले नछोडेको मात्रै हो भनेर सरकारको जिम्मेवारी पूरा हुन्न । सरकारले के प्रयत्न गरेको छ रु कति कोसिस गरेको छ रु कहाँसम्म संघर्ष गरिराखेको छ ? रिहाइको लागि यो संसदलाई जानकारी होस् ।’

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  २ : १२ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा