अर्थसंक्षेप : अर्थसचिवमा उपाध्यायलाई स्वागत, चीनले हिल्सामा बनायो मितेरी पुल | Khabarhub Khabarhub

अर्थसंक्षेप : अर्थसचिवमा उपाध्यायलाई स्वागत, चीनले हिल्सामा बनायो मितेरी पुल


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

अर्थसचिवमा उपाध्यायलाई स्वागत, डा.घिमिरेको बिदाइ

अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायलाई स्वागत गरिएको छ । यसअघि अर्थ सचिव रहेका डा. रामप्रसाद घिमिरेलाई बिदाइ गरिएको छ ।

अर्थ मन्त्रालयमा कार्यक्रम गरी उपाध्यायलाई स्वागत र डा. घिमिरेलाई बिदाइ गरिएको हो । मन्त्रिपरिषद्को हिजोको बैठकले सचिव उपाध्यायलाई अर्थ सचिवमा र अर्थ सचिव डा.घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।

चीनले हिल्सामा बनायो मितेरी पुल, नेपालतर्फ किचलो सुरु

नेपाल र चीनको हुम्लास्थित सीमा नाका हिल्सामा चीनले पक्की ‘मितेरी पुल’ निर्माण सम्पन्न गरेको छ । चीन सरकारले गत असारबाट निर्माण थालेर माघमै मोटरेबल पुल तयार गरेको हो ।

तर, पुल हुँदै सवारीसाधन चलाउन नेपालतर्फको संरचना बाधक बनेको छ । नेपालको कर्णाली क्षेत्रलाई जोड्ने उत्तरी छिमेकीसँग जोड्ने महत्वपूर्ण द्विदेशीय मोटरेबल सीमा पुल चलाउन अब नेपालले नै गृहकार्य अघि बढाउनुपर्ने सरकारी अधिकारीहरूले बताएका छन् ।

१४६ मिटर लम्बाइ रहेको मितेरी पुल नेपालतर्फ ५७ मिटर र चीनतर्फ ६३ मिटर जमिनमाथि निर्माण गरिएको छ । पुल निर्माणका सबै काम पूरा भएको, तर नेपालतर्फ सडकको दायाँबायाँ केही घर भएकाले कारण पुल सञ्चालनका ल्याउन ढिलाइ भएको हिल्सा–सिमकोट सडक आयोजनाका निमित्त आयोजना प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए ।

६.५४ अंकले बढ्यो नेप्से, सात अर्ब बराबरको कारोबार

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.५४ अंकले बढेको छ । आज नेप्सेमा ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २६० रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से २६८३.८६ अंकमा पुगेको हो ।

मंगलबार नेप्सेमा भएको शेयर कारोबारमा १३४ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने ९८ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । आज भएको कारोबारमा ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक डेनमार्क र बढी हुने साउथ सुडान

विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा साउथ सुडान देखिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांकअनुसार एक सय ८० देश सम्मिलित यस सूचकांकमा डेनमार्क विगत सात वर्षदेखि लगातार ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकका रूपमा रहेको छ । यस्तै, साउथ सुडान आठ अंक प्राप्त गरी यस वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दर्ज भएको छ ।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार मंगलबार सुन तोलामा एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार छापावाला सुन तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

पाँच हजार कुखुरापालनबाट मासिक पाँच लाख बचत

बागलुङका सुरथ सुवेदी १८ वर्षदेखि व्यावसायिक कुखुरापालनमा लाग्दै आएका छन् ।

बागलुङ नगरपालिका–६ मा घर भई हाल वडा नम्बर १३ को भाटेखोलामा धौलागिरि कृषि दाना एण्ड पोल्ट्री फार्म सञ्चालन गर्दै आएका सुवेदीले व्यावसायिक कुखुरापालनबाट मासिक पाँच लाख बचत गर्दै आएका छन् ।

सरकारको ‘ड्रिम प्रजेक्ट’ धौवादी फलाम खानी

सरकारले नवलपुरको हुप्सेकोट, बुलिङ्टार र बौद्धकालिका गाउँपालिकामा रहेको धौवादी फलाम खानीलाई ‘ड्रिम प्रजेक्ट’का रूपमा अगाडि बढाउन तयारी थालेपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र उद्योगी–व्यवसायी उत्साहित भएका छन् । फलाम खानी सञ्चालन हुन सकेमा देशकै अर्थतन्त्रमा ठूलो योगदान पुग्ने भन्दै उनीहरूले यस परियोजनालाई छिटो कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् ।

हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले सबैभन्दा बढी यो खानी हुप्सेकोटका जनताको जीवनसँग जोडिएकाले यथाशक्य सञ्चालनको माग गरे । धौवादी फलाम खानी सञ्चालनमा तीनै तहका सरकारका साथै निजी क्षेत्रको समन्वय आवश्यक रहेको बताउँदै उनले भने, ‘खानी सञ्चालनमा स्थानीयस्तरमा आइपर्ने समस्या समाधान तथा आवश्यक अन्य सहयोगका लागि गाउँपालिकाको साथ र सहयोग रहनेछ ।’

बागमती पुलको बिम चर्किएपछि मर्मत सुरु

सिमेन्टमा भएको मूल्यवृद्धिबारे अध्ययन हुनेछ : मन्त्री भण्डारी

उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले सिमेन्टमा भएको मूल्यवृद्धिका विषयमा अध्ययन हुने बताएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उनले सिमेन्टमा भएको मूल्यवृद्धिका साथै उत्पादन र लागतको अवस्थाका अध्ययन गर्न समिति गठन गरिएको जानकारी दिए ।

सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो

सुदूरपश्चिमका सांसदलाई सरकारी बजेटबाट आधा करोडका ल्यापटप

सुदूरपश्चिम प्रदेश सभाले ४३ जना प्रदेश सांसदहरूलाई नयाँ ल्यापटप दिने तयारी गरेको छ । विकास निर्माणका काममा गति दिन नसकेको र कानून बनाउन सुस्त रहेको प्रदेश सभाले सांसदहरूलाई झण्डै आधा करोडका ल्यापटप बाँड्न लागेको हो ।

प्रदेश सरकारमा सहभागी भएका मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीबाहेकलाई दिन लागेको हो । दैनिक काम कारबाही चुस्त बनाउन र प्रविधिमैत्री काममा सांसदको भूमिका र जिम्मेवारी बढाउन महँगा ल्यापटप वितरण गर्न लागिएको प्रदेश सभाले जनाएको छ । प्रदेशसभा सचिवालयले नयाँ ल्यापटप खरिद प्रक्रियासमेत अगाडि बढाइसकेको छ ।

आठ करोडमा बनाइयो पालिकाको पक्की भवन

आठ करोड ६९ लाख १८ हजार ११९ को लागतमा त्रिवेणी गाउँपालिकाको २८ कोठे पक्की भवन निर्माण भएको छ ।

विसं २०७९ माघदेखि निर्माण सुरु भएको भवन यसै महिना बनेको हो । रङ रोगनलगायत सम्पूर्ण काम पूरा गरी निर्माण कम्पनीले पालिकालाई भवन हस्तान्तरण गरेको छ ।

दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी

सर्लाहीको हरिवन नगरपालिका– ४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक तीन हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । गाउँमा एक उदाहरणीय उद्यमीका रूपमा परिचित उनले दुनाटपरी बनाउने उपकरण थप गरी व्यवसाय विस्तार गरेका छन् ।

सोमबार नयाँ उपकरणको उद्घाटन गरेका जितेन्द्रले आगामी दिनमा उत्पादन दुई गुणाले बढ्ने अपेक्षा गरे । हरिवन नगरपालिकाले आयोजना गरेको लघुउद्यम कार्यक्रममा सहभागी भएर दुनाटपरी बनाउने सीप सिकेका उनले नौ महिना अघि उद्योग सुरु गरेका हुन् ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ६ : ४७ बजे

भारत अर्को विश्वव्यापी एआई शिखर सम्मेलन आयोजना गर्न तयार : मोदी

पेरिस – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फाउन्डेसन

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम – रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

पश्चिम नवलपरासीमा वर्षौंदेखि ५० खानेपानी योजना अधुरै

नवलपरासी – पश्चिम नवलपरासीमा वर्षौंदेखि निर्माण सुरु भएका ५० वटा

सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि पास गर्छौं : मन्त्री गुरूङ

काठमाडौं – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीननाथ शर्मा

कास्की – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी