गाजा नियन्त्रणमा लिने योजनामा अडिग ट्रम्प « Khabarhub

गाजा नियन्त्रणमा लिने योजनामा अडिग ट्रम्प


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – जोर्डनका राजा अब्दुल्लाहसँग ह्वाइट हाउसमा गरेको भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई आफ्नो नियन्त्रणमा लिने चाहनामा अडिग रहेको व्यक्त गरेका छन्।

राष्ट्रपति ट्रम्पले गाजालाई नियन्त्रणमा लिएर त्यहाँ रहेका २० लाख जनालाई जोर्डनलगायत स्थानमा विस्थापित गर्ने योजना बनाएपछि राजा अब्दुल्लाहसँगको यो भेट महत्त्वपूर्ण ठानिएको छ।

मध्यपूर्वमा सुरु भएको शान्ति प्रक्रियाको मुख्य खेलाडी जोर्डनमा अहिले नै धेरै प्यालेस्टाइनी छन्। जोर्डनले यसअघि नै ट्रम्पको प्रस्ताव अस्वीकार गरिसकेको छ।

अब्दुल्लाहसँग बसेर नै ओभल अफिसमा ट्रम्पले आफ्नो कुरामा अडिग भएको बताएका हुन् । ट्रम्पले गाजा नियन्त्रणमा लिएर त्यस क्षेत्रमा अमेरिकाले धेरै नै रोजगारीको अवसर सिर्जना गर्ने बताएका छन्। अब्दुल्लाह भने मौन नै रहे।

जोर्डनले अन्तर्राष्ट्रिय कानुन अनुसार नमिल्ने भन्दै सो प्रस्तावलाई अस्वीकार गरेको हो। यसका बाबजुद जोर्डनले धेरै सङ्ख्यामा प्यालेस्टाइनीलाई आफ्नो देशले व्यवस्थापन गर्न सक्ने क्षमताका बारे पनि कुरा राखेको थियो।

जोर्डनले दुई हजार अस्वस्थ प्यालेस्टाइनी स्वीकार गर्नसक्ने राजा अब्दुल्लाहले बताएका छन्। ट्रम्पले भने बारम्बार जोर्डन र इजिप्टले स्वीकार गर्नुपर्ने बताए।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ७ : ४८ बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक