मेसी र रोनाल्डोको जस्तै दुई ह्याट्रिक गरेर सफलता पाउन चुके डेम्बेले « Khabarhub

मेसी र रोनाल्डोको जस्तै दुई ह्याट्रिक गरेर सफलता पाउन चुके डेम्बेले


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गएराति भएको च्याम्पियन्स लिग प्ले अफको खेलमा पिएसजीका आउसमाने डेम्बेले लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो जस्तै लिगमा दोहोरो ह्याट्रिकको रेकर्ड बनाउन चुकेका छन्। महत्त्वपूर्ण समयमा टिमका लागि दुई गोल गरेका उनी इतिहास बनाउन भने चुकेका हुन्। उक्त खेलमा पिएसजीले फ्रेन्च क्लब ब्रस्टलाई ३-० ले हरायो।

पिएसजीको जितमा आउसमाने डेम्बेलेले दुई गोल गरेका हुन्। उनी पिएसजीका लागि खेलिएका पछिल्ला ११ खेलमा १८ गोल गर्न सफल भएका छन्। यसअघि स्टुगार्टसँग भएको खेलमा उनले ह्याट्रिक पूरा गरेका थिए। गएरातिको खेलको ८२ औं मिनेटमा उनी मैदानबाट बाहिरिएपछि इतिहास बनाउन चुकेका हुन्।

उनले थप एक गोल गरेको भए महान् खेलाडी मेसीले सन् २०१६ मा तथा रोनाल्डाले सन् २०१७ मा बनाएको रेकर्डमा समावेश हुने थिए। अन्य कुनै खेलाडीले लगातार दुई च्याम्पियन्स लिग खेलमा ह्याट्रिक गरेका छैनन्।

२१ औँ मिनेटमा भिटिन्हो पेनाल्टी गोलमा अग्रता लिएको पिएसजीका लागि डेम्बेलेलले ४५ औँ र ६६ औँ मिनेटमा गोल गरेका हुन्। यी दुई बिचको दोस्रो लेग अर्को साता पिएसजीको मैदानमा हुनेछ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ८ : ३१ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल