सरुवा रोग विशेषज्ञ डाक्टर पुन भन्छन्– डेंगुको संक्रमण अझै तीन महिना रहन सक्छ, सचेत बनौं « Khabarhub

सरुवा रोग विशेषज्ञ डाक्टर पुन भन्छन्– डेंगुको संक्रमण अझै तीन महिना रहन सक्छ, सचेत बनौं


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकभर डेंगुको संक्रमण बढेपछि जनमानसमा त्रास उब्जिएको छ । तर समयमै उपचार गरे डेंगु सहजरुपमा निको हुने चिकित्सकहरु सुझाउँछन् । डेंगुको लक्षण देखिना साथ अस्पताल गएर उपचार गर्न चिकित्सकको सुझाव छ ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले डेंगु हुँदैमा आत्तिहाल्नु पर्ने अवस्था नहुने बताए । डा. पुनले लक्षण देखिनासाथ अस्पताल पुगेर परीक्षण गरी औषधि सेवन गरे यो रोग सहज रूपमा निको हुने बताए ।

देशभर डेंगुको प्रकोप बढेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा रोग नियन्त्रण महाशाखामा बिरामीको चाप बढेको छ । दैनिक ३ सयभन्दा बढी बिरामीहरु डेंगुको आशंकामा स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्ने गरेको अस्पतालका सरुवा रोग विशेषज्ञ डा पुन बताउँछन् ।

‘अहिले डेंगुको संक्रमणले मानिसहरु त्रतिस बनेका छन् । शुक्रराज अस्पतामा बिरामीहरुको निकै भीड लागिरहेको छ,’ डा पुनले भने, ‘डेंगुको आशंकामा अस्पताल आउनेमध्ये आधा बिरामीमा संक्रमण पनि देखिएको छ, परिवारभित्रकै धेरै सदस्यमा डेंगुको समस्या भएर अस्पताल धाइरहेका छन् ।’

सरकारले डेंगु नियन्त्रणका लागि अभियानहरु शुरु गर्दै गरे पनि डेंगुका बिरामी अझै बढ्न सक्ने डा पुनको भनाइ छ । डा पुनका अनुसार डेंगुको प्रकोप अझै तीन महिनासम्म रहन सक्छ ।

‘डेंगुको प्रकोप जताजतै देखिएको छ, अझै दुई देखि तीन महिनासम्म प्रकोप देखिने सम्भावना छ,’ डा पुनले भने, ‘अब दशैं पनि नजिकिँदै छ दशैंको समयमा आवतजावत धेरै हुने भएकाले दशैंमा पनि प्रकोप देखिन सक्ने सम्भावन छ, त्यसैले समयमै सचेत हुनुपर्छ ।’

डेंगु भएको कसरी थाहा पाउने ?

  • –एक्कासी उच्च ज्वरो आउनु,
  • –लगातार ५ देखि ७ दिनसम्म ज्वरो आउनु,
  • –असाध्यै टाउको दुख्नु,
  • –आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु,
  • –ढाड जोर्नी तथा मांसपेशीहरु दुख्नु,
  • –शरीरमा बिमिरा आउनु ।

डेंगुबाट यसरी बच्नुहोस्

  • –डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नुपर्छ,
  • –पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा  पानी जम्न नदिने उपाय गर्नुपर्छ,
  • –पानीका ट्याङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ,
  • –कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक-दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने,
  • –फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्नुपर्छ,
  • –एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ,
  • –सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ,
  • –लामखुट्टेको टोकाईबाट बच्न लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ ।
  • –घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
  • –घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ७ : ३६ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर