काठमाडौं – भारतले इंग्ल्यान्डसँगको तीन खेलको शृङ्खला क्लिन स्वीप गरेको छ। बुधबार भएको अन्तिम खेलमा भारतले इंग्ल्यान्डलाई १४२ रनले हराउँदै शृङ्खलामा क्लिन स्वीप गरेको हो।
अहमदवादमा भएको दिवा र रात्रि खेलमा ३५७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३४ दशमलव २ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २१४ रनमा सीमित भएको थियो।
भारतका हर्षित राना, आर्शदीप सिंह, हार्दिक पाण्डे र अक्षर पट्टेलले समान २/२ विकेट हात पारे। हर्षित रानाले ५ ओभरमा ३१ रन खर्चिदा आर्सदीप सिंहले ५ ओभरमा ३३ रन दिए। यसैगरी हार्दिक पाण्डेले ५ ओभरमा ३८ रन दिँदा अक्षर पट्टेलले ६.२ ओभरमा २२ रनमात्र खर्चिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा सबै विकेट गुमाएर ३५७ रन बनाएको थियो। भारतका लागि शुभमन गिलले १०२ बलमा ११२ रन जोडे। उनी अन्तिम खेलको प्लेयर अफ द म्याच तथा प्लेयर अफ द सिरिज घोषित भए। यसैगरी, श्रेयास ऐयारले ६४ बलमा ७८, विराट कोहलीले ५५ बलमा ५२ तथा लोकेश राहुलले २९ बलमा ४० रन जोडे।
दुई खेल चार–चार विकेटले विजयी भएको भारतले अन्तिम खेलमा १४२ रनको शानदार जित निकाल्दै शृङ्खला ३-० ले आफ्नो पक्षमा पारेको हो ।
प्रतिक्रिया