एनसेलले सुरू गर्‍यो भोवाईफाई सेवा, पहिलो प्राथमिकता आईफोनलाई | Khabarhub Khabarhub

एनसेलले सुरू गर्‍यो भोवाईफाई सेवा, पहिलो प्राथमिकता आईफोनलाई


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलले भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवाको सुरूवात गरेको छ । नयाँ प्रविधिमा आम उपभोक्ताको पहुँच सुनिश्चित गराउने प्रयास स्वरुप एनसेलले यो सेवा संचालनमा ल्याएको हो ।

यो सेवाले ग्राहकलाई कुनै पनि वाईफाई इन्टरनेट प्रयोग गरी स्पष्ट सुनिने एचडी भ्वाइसमा कल गर्न, उठाउन र एसएमएस आदानप्रदान गर्न सजिलो बनाउने कम्पनीको भनाइ छ । 

कम्पनीका अनुसार वाईफाई कलिङ्का नामले पनि चिनिने भोवाईफाई सेवा कमजोर मोबाइल नेटवर्क सिग्नल भएका स्थानहरू जस्तै घर अथवा ठूला विल्डिङ्का बेसमेन्टहरु र दुर्गम स्थानहरुमा सेवा लिनसमेत प्रयोग गर्न सकिन्छ । प्रारम्भिक चरणमा हाललाई, एनसेलको यो सेवा आईफोन ८ र त्यसमाथिका आईफोन मोडेलमा रहेको छ ।

यो सेवाबाट फाइदा लिनका लागि अतिरिक्त शुल्क नलाग्ने कम्पनीले जनाएकाे छ । ग्राहकले भ्वाइस र एसएमएस सेवाको शुल्कमा नै यो सेवा लिई फाइदा लिएर सम्पर्कमा रहन सक्छन् । 

कम्पनीका अनुसार भ्वाइस ओभर लङ् टर्म इभोलुशन (भोल्टे) सेवाका लागि फोरजी आवश्यक भए जस्तै, भोवाईफाईका लागि भरपर्दो वाईफाई कनेक्सनको आवश्यकता पर्दछ । स्लो मोबाइल नेटवर्क भएका ठाउँबाट कुराकानी गर्दा गर्दै मोवाइल नेटवर्क भएको स्थानमा पुगेमा भोवाईफाईबाट मोबाइल नेटवर्कमा स्वतः स्विच हुने कमपनीको दाबि छ ।  

भोवाईफाई सेवाका साथ मोवाइल नेटवर्क समस्या भएका इनडोर अथवा बेसमेन्टजस्ता स्थानमासमेत सेवा प्रदान गर्नका लागि  भोवाईफाई संचालनमा ल्याइएको एनसेलले जनाएको छ । 

चाँडै नै यो सेवा सामसङ, शाओमी, ओपो र भीभोलगायतका अन्य ब्रान्ड तथा मोडेलहरूमा पनि विस्तार गर्ने योजना एनसेलको रहेको छ ।  एनसेलले फोरजी नेटवर्क देशको ९४ प्रतिशत जनसंख्यालाई कभर गर्ने गरी विस्तार गरिसकेको छ, जसले भोल्टे र भोवाईफाई दुवै सेवा उपयोग गर्न सहज बनाउँछ ।

भोवाईफाई सेवा चलाउन मिल्ने मोबाइल सेट भएका ग्राहकले एनसेल एप डाउनलोड गरी एपमार्फत यो सेवा एक्टिभेट गनुपर्ने हुन्छ ।  

सेवा एक्टिभेट गर्नुअघि, ग्राहकहरूले भोल्टे र भोवाईफाई वा वाईफाई कलिङ् दुवै आफ्नो मोवाइलमा सक्रिय अर्थात स्विच अन गरेको हुनुपदर्छ । त्यसका लागि सेटिङमा गएर, मोवाइल नेटवर्क भित्र गई सिमकार्ड छान्नु पर्दछ र भोवाईफाई, वाईफाई कलिङ वा सोहि अनुसार छानेर सक्रिय गर्नुपर्दछ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ५ : ०३ बजे

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन

पत्रकार पाठकलाई प्रहरीले भन्यो- साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा यथाशिघ्र उपस्थित हुनू

काठमाडौं- पत्रकार दिलभूषण पाठकलाई नेपाल प्रहरीले उपस्थित हुन आग्रह गरेको