मैदामै रातो कार्ड खाएका लिभरपुलका प्रशिक्षकलाई दुई खेलमा प्रतिबन्ध « Khabarhub

मैदामै रातो कार्ड खाएका लिभरपुलका प्रशिक्षकलाई दुई खेलमा प्रतिबन्ध


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

लण्डन- इङ्लिस प्रिमियर लिगअन्तर्गत गएराति एभर्टनसँग २-२ को बराबरीमा सकिएको खेलमा मैदानमै रातो कार्ड खाएका लिभरपुलका प्रशिक्षक आर्न स्लटलाई दुई खेलको प्रतिबन्ध लागेको छ ।

एभर्टनले खेलको अतिरिक्त समयको सातौँ मिनेटमा बराबरी गोल गरेपछि मैदानमा तनाव भएको थियो । चारवटा रातो कार्ड प्रयोग भएको उक्त खेलमा लिभरपुलका प्रशिक्षक स्लटले मैदानमै प्रशिक्षकसँग सवाल-जवाफ गरेका थिए ।

त्यसपछि प्रिमियर लिगले आर्न स्लटलाई अबका दुई खेलमा टच लाइन प्रतिबन्ध लगाएको हो । अबका दुई खेलमा स्लटले मैदानको टच लाइनमा उत्रिएर खेलाडीलाई निर्देशन दिन पाउने छैनन् । उनलाई स्टेडियम प्रवेशमा भने प्रतिबन्ध लागेको छैन । उनले अबका दुई खेल बेन्चमै बिताउनुपर्ने भएको छ ।

स्लटलाई रेफ्रीमाथि आक्रमक रुपमा प्रस्तुत भएर बेइज्जत गर्न खोजेको र आपत्तिजनक भाषा प्रयोग गरेको आरोप लागेको छ ।

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलका प्रशिक्षकलाई यसै सिजन लागेको प्रतिबन्ध यो पहिलो होइन । यसअघि पनि उनले टच लाइन प्रतिबन्ध भोगिसकेका छन् ।

यी डच नागरिकलाई काराबाओ कपअन्तर्गत साउथह्याप्टनविरुद्धको खेलमा पनि प्रतिबन्ध लागेको थियो । उनले यो सिजन यसअघि नै तीनवटा पहेंलो कार्ड भेटिसकेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ५ : १४ बजे

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

काठमाडौं – विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस

एसिसी यु-१९ प्रिमियर कपमा नेपाल उपविजेता : दयानन्द मण्डलले लिए ६ विकेट

काठमाडौं – एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न

एनपीएलमा आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार