नेता वामदेवलाई पनि डेंगुको शंका « Khabarhub

नेता वामदेवलाई पनि डेंगुको शंका


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई डेंगुको आशंका गरिएको छ । केहि दिनदेखि अस्वस्थ गौतमको स्वास्थ्य परीक्षण गर्दा डेंगुको लक्षण देखिएको हो ।

नेता गौतमको हिजो (सोमबार) टेकु अस्पताल स्वास्थ्य परीक्षण गरिएको थियो । लगातार ज्वरो आएको र अधिंकाश लक्षण डेंगुको सँग मिल्दो जुल्दो रहेको चिकित्सकले बताएका छन् ।

गौतम केहिसमय अघि सिंगापुर गएको र त्यहीबाट नेता गौतममा पनि सरेको हुनसक्ने अनुमान गरिएको छ। सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको थियो ।

पछिल्लो समय नेपालमा पनि डेंगुको संक्रमण बढ्दो छ । यसअघि कृषिमन्त्री चक्रपाणी खनाललाई पनि डेंगु देखिएको थियो। त्यस्तै वरिष्ठ आँखा रोग विशेषज्ञ डासन्दुक रुइतलाई पनि डेंगु देखिएको छ।

रुइतको परिवारका तीन जनालाई डेंगुको संक्रमण भएको जनाइएको छ । यस अघि सरुवा अस्पतालमा समेत दुइ चिकित्सक सहित १३ जनालाइ डेंगु लागेको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १० : २५ बजे

बाटोघाटोको व्यवस्था छैन, सर्वसाधारणमाथि चर्को जरिवाना थोपरेर मर्न बाध्य बनाइयो : दुर्गा प्रसाईँ

काठमाडौं– राजावादी अभियन्ता दुर्गा प्रसाईँले सरकारले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश

ढोरपाटन–तकसेरा सिधा सडक सञ्चालनमा

ढोरपाटन– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा सिधा सडक सञ्जालमार्फत

महिलामैत्री कार्यक्रमले बदलिँदै वीरेन्द्रनगर

सुर्खेत– तीन वर्षअघिसम्म वीरेन्द्रनगर नगरपालिका–७ की ६६ वर्षीया मन्धरी नेपालीका

गणेश नेपाली प्रकरणमा सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं- त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको सोरू

डोको बोकेर नायिका सिम्रन वसन्तपुरमा

काठमाडौं – नायिका सिम्रन खड्का अहिले चर्चामा छिन् । उनको