महाशिवरात्रि मूल समारोह समिति गठन « Khabarhub

महाशिवरात्रि मूल समारोह समिति गठन


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा दुई सय एक सदस्यीय मूल समारोह समिति गठन भएको छ ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका मन्त्री पाण्डेको सभापतित्वमा आज बसेको परिषद्को बैठकले सो समिति गठन गरेको हो ।

समितिअन्तर्गत नौ वटा विषयगत उपसमिति गठन गरेर पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए। 

पशुपति क्षेत्रमा रङरोगन, भित्तेचित्र लेखन, बत्ती व्यवस्थापनलगायत सुरु गरिएको छ । यस वर्षको महाशिवरात्रि पर्व यही फागुन १४ गते परेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ६ : १३ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा