बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ « Khabarhub

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

कठमाडौं– बैंकिङ कसुरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडी पाटन नगरपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-९ गौशाला बस्ने ३० वर्षीय विनोद पन्त रहेका छन्।

पन्तलाई बुधबार काठमाडौं महानगरपालिका-२८ पुतलीसडकबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतले बताए।

उनका अनुसार पन्तविरुद्ध १ करोड ४० लाख रुपैयाँको बैंकिङ कसुरको जाहेरी प्रहरीमा छ। फरार प्रतिवादी खोजी सिलसिलामा पन्तलाई पक्राउ गरिएको बस्नेतले बताए।

पन्तविरुद्ध माइली तामाङले बैंकिङ कसुरमा जाहेरी दिएकी थिइन्। पन्तलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ६ : २८ बजे

दुई कार्यकाल फर्काएर एमाले सामूहिक नेतृत्वमा चल्नुपर्छ : गोकर्ण विष्ट

काठमाडौं- नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले एघारौँ महाधिवेशनमा भदौ

बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.८६ अंकले घटेको छ

नेपालले मौरिससलाई पठायो दोहोरो कर मुक्ति सम्झौता खारेज भएको निर्णय

काठमाडौं– नेपालले गणतन्त्र मौरिससलाई द्विपक्षीय दोहोरो कर मुक्ति सम्झौता (डिटीएए)

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौं– सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का

अफगानिस्तानमा ब्वाँसोको आक्रमणबाट सात जना घाइते

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मंगलबार राति भएको