बिमा कोष बलियो बनाउन आवश्यक छ : मन्त्री पौडेल « Khabarhub

बिमा कोष बलियो बनाउन आवश्यक छ : मन्त्री पौडेल


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

कास्की । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिमा कोष बलियो बनाउन आवश्यक भएको बताएका छन् । स्वास्थ्य बिमालाई थप प्रभावकारी र निरन्तरता दिन जरुरुी भएको उनले उल्लेख गरे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज पोखरामा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, मस्यौदा तथा जनसङ्ख्या व्यवस्थापन र ‘मिडवाइफरी’ बीचको अन्तरसम्बन्धबारे नीति निर्माण एवं सरोकारवालासँगको गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पौडेलले चालु आर्थिक वर्ष २०८१÷८२ का लागि मन्त्रालयले स्वास्थ्य बिमातर्फ रु सात अर्ब ५० करोड विनियोजन गरिएको जानकारी दिए । विनियोजित रकम अपुग भएको उनको भनाइ थियो ।

“शत प्रतिशत नागरिकलाई स्वास्थ्य बिमामा जोड्न जरुरी छ”, उनले भने । बिमा रकम पारदर्शी बनाउन आग्रह गर्दै मन्त्री पौडेलले कसैले त्यस्तो अनियमिता गरेको पाइएमा कारबाहीको दायरामा ल्याइने बताए । ग्रामीण क्षेत्रमा सहजरुपमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन योजना अगाडि बढाइएको उनले स्पष्ट पारे ।

मन्त्रालयका महानिर्देशक डा विकास देवकोटाले नसर्ने रोगको पहिचान गर्न एक महिने अभियानबारे जानकारी दिन स्वास्थ्य नीति र आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ८ : ४३ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा