माघमा खस्कियो घरजग्गा कारोबार, पुँजीगत लाभकर डेढ अर्ब तल « Khabarhub

माघमा खस्कियो घरजग्गा कारोबार, पुँजीगत लाभकर डेढ अर्ब तल


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पुस महिनाको तुलनमा माघमा घरजग्गा कारोबार खस्किएको छ । मंसिर महिनाको तुलनामा पुस महिनामा सो क्षेत्रको कारोबार वृद्धि भएकोमा पुसमा फेरि न्यून भएर सरकारको राजस्व आम्दानी समेत खुम्चिएको हो ।

माघ महिनामा देशै भरी ४३ हजार १४० वटा घरजग्गाको लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । सो अवधिमा सबैभन्दा धेरै घरजग्गाको कारोबार समग्र जिल्लाको हिसाबले मोरङ जिल्लामा भएको छ । जबकि पुस महिनामा देशै भरी ४८ हजार १५६ वटा घरजग्गाको लिखत पारित भएको थियो ।

माघ महिनामा मोरङ जिल्लाका ३ वटा मालपोत कार्यालयमार्फत सबैभन्दा धेरै २८१६ वटा घरजग्गाको कारोबार भएको छ भने सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा ५/५ वटा कारोबार भएको छ ।

माघ महिनामा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीबाट सबैभन्दा धेरै अर्थात् १७०४ वटा कारोबार भएको छ भने मालपोत कार्यालय बाणगंगा, बोडगाउँ कपिलवस्तुमा शुन्य कारोबार भएको छ ।

घरजग्गा कारोबारबाट माघ महिनामा सरकारले १ अर्ब ४५ करोड ५५ लाख ८८ हजार २०९ रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा झण्डै १५ करोडले कमी हो ।

माघ महिनामा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ८७ करोड २४ लाख ८१ हजार ६४७ रुपैयाँ कुल राजस्व आम्दानी गरेको छ । जबकि अघिल्लो महिना पुसमा सरकारले घरजग्गा कारोबारमार्फत ४ अर्ब २५ करोड २२ लाख २१ हजार ७८९ रुपैयाँ राजस्व र १ अर्ब ६० करोड ८३ लाख २८ हजार १७२ रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको थियो ।

सरकारले घरजग्गा कारोबारबाट चालु आवको साउन महिनामा १ अर्ब ३४ करोड ६९ लाख, भदौ महिनामा १ अर्ब १३ करोड १५ लाख, असोज महिनामा १ अर्ब ११ करोड ६२ लाख, कात्तिक महिनामा ९३ करोड ७७ लाख र मंसिर महिनामा १ अर्ब ३१ करोड ६३ लाख रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  २ : ११ बजे

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

काठमाडौं– सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमश : सिँचाइयोग्य क्षेत्रफल विस्तार

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

काठमाडौं– सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइयोग्य क्षेत्रफल विस्तार

औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमा २० हजार प्रत्यक्ष रोजगारी

काठमाडौं– मुलुकका विभिन्न क्षेत्रमा रहेका १० औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट

बेनीमा मनसुन विपद् प्रतिकार्य अभ्यास, म्याग्दी नदीमा उद्धारको डेमो प्रदर्शन

म्याग्दी– मनसुनको समयमा हुन सक्ने बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक

हर्मुज जलघाँटी शुल्कमा अमेरिकी प्रतिबन्ध, इरानमाथि आर्थिक दबाब थप कडा

वासिङ्टन– रणनीतिक हर्मुज जलघाँटी हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने