अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई काठमाडौं ल्याइयो, कीर्तिपुरस्थित बर्न हस्पिटलमा उपचार हुने « Khabarhub

अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई काठमाडौं ल्याइयो, कीर्तिपुरस्थित बर्न हस्पिटलमा उपचार हुने


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोखरा पर्यटन वर्ष घोषणा समारोहमा बेलुन पड्किँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । 

थप उपचारका लागि काठमाडौं उड्नै लाग्दाको तस्बिरमा अर्थमन्त्री पौडेलको बायाँ हातमा सेतो पट्टी (ब्यान्डेज) बेरिएको देखिएको छ । उनको अनुहारमा पनि आगोले पोलिएको तस्बिरमा देखिन्छ । महानगर प्रमुख आचार्यको अनुहारमा पनि आगोले पोलिएको छ ।

घोषणा समारोहमा बेलुन पड्किँदा घाइते भएका दुवै जना लिएर सिम्रिक एयरको हेलिकप्टर काठमाडौंका लागि उडिसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।

उनका अनुसार घाइते दुवै जनालाई काठमाडौंको कीर्तिपुरस्थित बर्न हस्पिटलमा थप उपचारका लागि ल्याइएको हो ।

प्रमुख अतिथिका रूपमा पौडेलले स्वीच थिचेर बत्ती बालेपछि बेलुन उडाउने क्रममा बिजुलीको बत्तीको झिल्काले बेलुन पड्किएपछि दुवै जना घाइते भएका थिए ।

अर्थमन्त्री पौडेललाई थप उपचारका लागि काठमाडौं लगियो

पर्यटन वर्ष उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ३ : ०५ बजे

कामपाद्वारा विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा

काठमाडौं– काठमाडौं महानगरपालिकाले विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र

‘बागमती प्रदेशका पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण गरिन्छ’

काठमाडौं– बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले

केरूङमा उद्धार र राहतका लागि चीनले लगायो सबै शक्ति, मृतकको संख्या १६ पुग्दा ५४६ जना अझै बेपत्ता

ग्यिरोङ, चीन- चीनको क्षिजाङ स्वायत्त क्षेत्रमा बुधबार बिहान गएको विनाशकारी

भोटेकोशी बाढीका ७८ घाइते उपचारपछि डिस्चार्ज

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका ७८

बाढीको विपद्‍मा मौन बसेको टिप्पणी भएपछि पार्टी कार्यालयमा देखिए रवि, राहत र उद्धारबारे लिए ब्रिफिङ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोटेकोसी