काठमाडौं बन्यो विश्वकै प्रदूषित शहर « Khabarhub

काठमाडौं बन्यो विश्वकै प्रदूषित शहर


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको राजधानी काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले गरेको मापनअनुसार काठमाडौं उपत्यका शनिबार बेलुकी विश्वै प्रदूषित शहर बनेको हो ।

यतिखेर काठमाडौंको औषत वायु गुणस्तर सूचक (एक्यूआई) १७५ छ, जुन अस्वस्थकर अवस्था हो । ललितपुरको जावलाखेलको एक्यूआई २१३ पुगेको छ । त्यहाँको वायु प्रदूषण अवस्था अति अस्वस्थकर हो ।

विश्वमा उच्च वायु प्रदूषण भएका शहरको सूचीमा काठमाडौंपछि अफ्रिकी मुलुक कङ्गोको राजधानी किन्सासा दोस्रो स्थानमा छ ।

त्यसपछि क्रमशः चीनको वुहान, चीनकै साङ्घाइ, उज्वेकिस्तानको तासकन्द, म्यानमारको याङ्गुन, भियतनामको हनोइ, भारतको दिल्ली, बङ्गलादेशको ढाका र चीनको ह्वाङ्जावोले प्रदूषणको शीर्ष १० स्थानमा रेकर्ड राखेका छन्‌ ।

काठमाडौं उपत्यकाका हकमा वर्षा गराउने मनसुनी वायु सेप्टेम्बर अन्तिम साता बङ्गालको खाडीतर्फ फर्किएपछि प्रदूषक सवारीसाधन, हावाहुरीले उडाउने धुलो र पश्चिमी चिसो/सुख्खा वायुका कारण वायुमण्डलमा प्रदूषणको तह लाग्ने गर्छ ।

मनसुन बाहिरिएर कात्तिक पहिलो सातादेखि पश्चिमी वायु सक्रिय भइ चिसो बढ्न थालेपछि वर्षा पनि कम हुन्छ । चिसो वायुको स्वभाव जहिले पनि जमिनसँग टाँसिएर बहने हुन्छ ।

चिसो भएपछि गह्रौं हुन्छ र त्यसले वायुमण्डलमा रहेको धुवाँधुलोका साना कणलाई पनि जमाएर तल्लो तहमै ल्याइपुर्‍याउँछ । पृथ्वीको सतहबाट उडेको धुवाँधुलोका कण पनि वायुमण्डलको तल्लो तहमा रहने त्यही गह्रुँगो चिसो पश्चिमी वायुमा जमेर बस्छ ।

फागुनदेखि जेठसम्म कायम रहने ग्रीष्मकालीन तातो र सुख्खा मौसम (हट एण्ड ड्राइ समर सिजन) का बेला अघिल्ला वर्षमा नेपालको सङ्घीय राजधानी काठमाडौंको वायुस्तर बारम्बार विश्वकै सबैभन्दा प्रदूषित स्तरमा पुग्ने गरेको थियो । यसपटक माघसम्म कायम रहने शीतकाल प्रारम्भ भएको कात्तिक पहिलो सातादेखि नै नेपालका शहरको वायुस्तर अस्वस्थकर भएको हो ।

पश्चिमी वायु सक्रिय भएका बेला माघ पहिलो सातातिर केही वर्षा हुन्छ । अन्य समयमा पनि आक्कलझुक्कल वर्षा भए पनि वायुमण्डलमा रहेको प्रदूषणको तह नै निखार्नेगरी बारम्बार झरी पर्दैन ।

माघदेखि तापक्रम बढ्न थाले पनि वर्षा कम हुने हुँदा उपत्यका, तल्लो उचाइका नदी किनार तथा तराई क्षेत्रको आकाशबाट तत्कालै धुवाँ धुलोको तह हट्दैन ।

जनस्वास्थ्यविद्‌हरूका अनुसार वायु प्रदूषणले फोक्सो हुँदै स्वासप्रश्वास प्रणालीमा सबैभन्दा बढी असर पुर्‍याउँछ । यही प्रदूषणका कारण अस्वस्थ हुँदा शरीरका विभिन्न अङ्गमा एकसाथ चिसोले आक्रमण गर्छ । प्रदूषण व्याप्त हुने जाडो याममा हातखुट्टादेखि आँखा सुन्निनेसम्मका समस्या निम्तिन्छन्‌ । वायु प्रदूषणयुक्त स्थानमा बस्दा हृदयघात हुने सम्भावना गुणात्मक बढ्छ ।

यहीकारण हिउँद यामको प्रदूषित चिसो हावामा रहेको विषाक्त धुवाँधुलोका कण फोक्सोभित्र पस्न नदिन चिकित्सकहरूले मास्क अनिवार्य प्रयोग गर्न सुझाव दिने गरेका हुन्‌ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ६ : ०० बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान