दुर्घटनामा एकको मृत्यु, एकजना घाइते | Khabarhub Khabarhub

दुर्घटनामा एकको मृत्यु, एकजना घाइते


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

पर्वत – बिहादी गाउँपालिका–१ बाच्छामा आज दिउँसो भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा बिहादी–१ कमेरेका ५० वर्षीय बलबहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा जिपका चालक घाइते भएका छन् ।

उकालो सडकमा जिपले ‘ब्रेक’ नलागेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ध१च २८२ नंको जिप बागलुङको जैमिनीबाट कुश्मातर्फ फर्किने क्रममा बिहादी–१ बाच्छास्थित बाह्रबिसेमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कुश्मा नगरपालिका–१ मालढुङ्गाका ४५ वर्षीय चन्द्र माझी घाइते भएका प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए । घाइतेको टाउको, निधार र छातीमा चोट लागेको भन्दै उनले माझीको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको बताए । उनका अनुसार मृतकको शव परीक्षणका लागि पर्वत अस्पतालमा राखिएको छ ।

दुर्घटनालगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ९ : २९ बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल