ट्रम्प-पुटिन वार्तापछि युरोपेली सम्मेलनको तयारी « Khabarhub

ट्रम्प-पुटिन वार्तापछि युरोपेली सम्मेलनको तयारी

युरोपेली एक हुनुपर्ने बेलायतको भनाइ


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग वार्ता सुरु गरेपछि युरोपेली नेताले युक्रेनको विषयमा छलफल गर्नका लागि सम्मेलनको आयोजना गर्ने भएका छन्।

बैठकमा सहभागी हुने अनुमान गरिएका बेलायती प्रधानमन्त्री केइर स्टेइमरले राष्ट्रिय सुरक्षा र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)को हितका लागि युरोपेली एक जुट हुन आवश्यक रहेको बताएका छन्।

युक्रेनका लागि डोनाल्ड ट्रम्पका विशेष दूतले वार्तामा युरोपेली देशको राय लिइने भए पनि वार्तामा सहभागी नगराइने भएपछि सो कदम अघि बढेको हो। ह्वाइट हाउसका अधिकारीहरूले पनि आउँदो दिनमा साउदी अरेबियामा युक्रेन युद्ध अन्त्यका लागि वार्ता हुने बताएका छन्।

अमेरिकी दुत हेइथ केलगले धेरै पक्षको उपस्थितिमा विगतका वार्ता असफल भएका कारण यस पटक युरोपेली सहयात्रीलाई उपस्थित नगराइने बताएका हुन्। युक्रेन मामलामा अमेरिका र युरोपलाई एकै ठाउँमा ल्याउने प्रयास गर्ने समेत स्टेइमरले बताएका छन्।

यो महिनाको अन्त्यमा स्टेइमर अमेरिका भ्रमणमा जाँदै छन्। यसका लागि पिन उनले युरोपेली नेताहरूको मत बुझ्ने छन्।

पोल्यान्डका विदेश मन्त्री राडोस्ला सिरोस्काइले फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले सम्मेलनका लागि बोलाएको जानकारी दिएका हुन्।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ६ : ११ बजे

बल्खु सुकुम्बासी बस्तीमा पुग्यो डोजर, सामान सार्न व्यस्त बासिन्दा

काठमाडौं– उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गामा रहेका अतिक्रमित सुकुम्बासी

‘पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ’  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वहरूले सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि

राष्ट्रपतिद्वारा बुद्ध जयन्तीको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र

राज्यले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक वर्गका लागि राज्यले सामाजिक

सरकारले कहिले बोलाउँछ बजेट अधिवेशन ?

काठमाडौँ- धमामध अध्यादेश ल्याइरहेको सरकार संसद्को बर्खे अर्थात् बजेट अधिवेशन