माधव नेपालको दाबी- अध्यादेश पास गर्न प्रलोभन देखाउँदै अर्को कोसिस गर्दैछन् « Khabarhub

माधव नेपालको दाबी- अध्यादेश पास गर्न प्रलोभन देखाउँदै अर्को कोसिस गर्दैछन्


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले गत पुसमा जारी ६ वटा अध्यादेश पास गराउन सत्तारुढ दलहरूले प्रलोभन देखाउन थालेको बताएका छन् ।

आइतबार पार्टीनिकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधनका क्रममा उनले नेपाली कांग्रेस र नेकपा एमालेमा दम्भ सवार भएको पनि टिप्पणी गरेका छन् ।

‘राष्ट्रिय सभामा संख्या पुर्‍याउन लोभ लालच दिने कोशिश भएको छ । फेरि नयाँ कोशिस जारी छ । हामी सही कुराको समर्थन गर्छौं, गलत कुराको विरोध गर्छौं । सबै कुरा अहिले भन्दैनौँ’, उनले भने, ‘राजनीतिमा कतिपय कुराहरू हुन्छन्, छलफल गर्दै जानुपर्छ । मूल नीति प्रष्ट छ, गलत कुरालाई साथ दिन सकिँदैन ।’

कांग्रेस–एमाले गठबन्धन सरकारले संविधान, ऐन, कानुन मिचेर अगाडि बढिरहेको आरोप पनि उनले लगाए ।

संसदीय समितिमा विचाराधीन विधेयक फिर्ता नलिई अध्यादेश ल्याइएकोमा उनले आपत्ति जनाए । अहिलेको सरकार कानुनको रक्षक हुनुपर्ने भक्षक भएको दाबी गरे । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले दलाल, पुँजीपति र विचौलियालाई पोस्ने काम गरिरहेको अध्यक्ष नेपालले आरोप लगाए ।

‘सत्तामा रहेका दुई पार्टीमा दम्भ सवार भएको छ । दम्भ भएकाले संविधान, कानुन मिच्न सकिन्छ भन्ने मान्यता उनीहरूमा छ । कतिपयलाई मुर्ख बनाउन सकिन्छ भनेर नै त्यस्तै काम विगतमा पनि गरे’, उनले भने, ‘तर, यो असत्य धेरै समय टिक्दैन । हामी सबैलाई थाहा छ– संसदीय समितिमा विचाराधीन विधेयक फिर्ता नलिई अध्यादेश जारी गर्न पाइँदैन । त्यो कानुन उल्लंघन गरेर सरकार अगाडि बढेको छ । कानुनको रक्षक हुनुपर्ने सरकार भक्षक भएको छ ।’

संसद् अधिवेशन बोलाउनुपर्ने बेला छलेर अध्यादेश ल्याउने काम भएको बताउँदै उनले अध्यादेशबाट ३० वटा कानुन संशोधन पछाडि राम्रो नियत नदेखिएको उल्लेख गरे ।

उनले मिडियालाई नियन्त्रण गर्ने सरकारको कामको व्यापक भण्डाफोर गर्नुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष नेपालले विपक्षी दलको खबरदारीकै कारण संसद् बोलाउन सरकार तयार भएको बताए । उनले आगामी दिनमा सरकारको गलत कामविरुद्ध एक भएर लाग्ने बताए । उनले सरकारको गलत कुरामा साथ दिन नसक्ने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ६ : ०१ बजे

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

नारायणगढ– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

लुम्बिनीले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस

‘खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम हो’

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित

एनपीएलको उद्घाटनका लागि खेलकुदमन्त्री पोखरेल टीयू मैदानमा

काठमाडौं- खेलकुदमन्त्री सस्मित पोखरेल तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

सीमामा जब ‘अल्फा’ ले नियमित जाँच सुरु गर्‍यो…

महेन्द्रनगर– सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिममा पहिलो पटक पश्चिमी नाका