ढुङ्गा लागेर विद्यार्थीको मृत्यु | Khabarhub Khabarhub

ढुङ्गा लागेर विद्यार्थीको मृत्यु


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तम्घास– बाटो खन्ने क्रममा स्काभेटरले पल्टाएको ढुङ्गा लागेर एक विद्यार्थीको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–२ हस्तिचौर तारागाउँ निवासी ज्ञानबहादुर कुमालकी छोरी ८ वर्षीया विष्णु कुमालको आज मृत्यु भएको हो । 

कुमाल पालुखा माविमा कक्षा युजेकीमा अध्ययनरत विद्यार्थी हुन् । अध्ययनका लागि विद्यालय जाँदै गरेका बेला माथिबाट खसेको ढुङ्गा टाउकामा लागेको थियो । स्थानीयले उपचारका लागि तम्घास अस्पताल ल्याए पनि उद्धारमा ढिलाइ हुँदा उनको ज्यान गएको थियो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चिरञ्जीवी दाहालले स्काभेटर चालक मकवानपुरको इन्द्रचौर गाउँपालिका–४ सिस्नेरी बस्ने ३६ वर्षीय राजेश रेग्मीलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । 

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ७ : १६ बजे

असुरक्षित गर्भपतनले स्वास्थ्यमा समस्या 

बागलुङ– बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य संस्थाबाट नै गर्भपतन सेवा

कांग्रेस नेता खतिवडालाई पितृ शोक

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राज्य व्यवस्था समितिका पूर्वसभापति

खैरापुरको आकर्षण कृष्णसार (फोटो फिचर)

काठमाडौं– दुर्लभ वन्यजन्तुमा सूचीकृत जनावर कृष्णसार अवलोकन गर्न आन्तरिक र

आम्दा अस्पताल : दश वर्षमा ९ लाख बढीलाई स्वास्थ्य सेवा

लुम्बिनी– बुटवलमा सञ्चालित सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पतालले एक

प्रचण्डसँगै मिल्न पुगे गोपाल किराती : नयाँ पार्टीमा समाहित हुने

काठमाडौं – राजनीतिक संकटबीच माओवादी केन्द्र र देशभक्त समाजवादी मोर्चाबीच