ट्रम्पले मोदीको प्रशंसा गर्दै भने – म भन्दा उत्कृष्ट वार्ताकार « Khabarhub

ट्रम्पले मोदीको प्रशंसा गर्दै भने – म भन्दा उत्कृष्ट वार्ताकार


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको खुलेर प्रशंसा गरेका छन् । ह्वाइटहाउसमा भएको भेटवार्ताका क्रममा ट्रम्पले मोदीको प्रशंसा गर्दै आफूभन्दा राम्रो वार्ताकार भएको बताएका हुन् ।

दुई दिने अमेरिकी भ्रमणका क्रममा अमेरिका गएका मोदी ट्रम्पसँग करिब अढाई घण्टा साथमा रहे ।
सो क्रममा द्धिपक्षीय वार्तासमेत भएको छ । त्यसपछि दुवैले मिडियासँग दुई पटक कुराकानीसमेत गरे । मिडियासँग मोदीबारे ट्रम्पले खुलेर प्रशंसा गर्दै भने – म भन्दा उत्कृष्ट वार्ताकार ।

ट्रम्पले शुल्क लगाउने विषयमा मोदीको तारिफ गर्दै राम्रो मोलभाव गर्ने व्यक्ति भनी बताए । उनले मोदी आफ्नो निकट मित्र रहेको भन्दै मोदीले गरेको कामकोसमेत प्रशंसा गरे ।

ट्रम्पले भारतलाई एफ–३५ फाइटर जेट दिने घोषणा गरेका छन् । त्यस्तै उनले सन् २००८ मा मुम्बई हमलाका आतंककारी तहब्बुर राणालाई भारतलाई सुम्पिने पनि बताए ।

मोदीले पनि ट्रम्पलाई दोस्रो पटक राष्ट्रपति भएकामा बधाई दिए । मोदीले आफू र ट्रम्प मिल्दा एक एक एघार हुने बताए । मोदी बिहीबार बिहानै अमेरिका पुगेका थिए । दुई दिने अमेरिका भ्रमणका क्रममा मोदीले अमेरिका पुगेसँगै अमेरिकी राष्ट्रिय खुफिया निर्देशक तुलसी गबार्डसँग छलफल गरेका थिए ।

अमेरिकी संसदको उपल्लो सभाले बुधबारमात्रै गबार्डलाई उक्त पदमा नियुक्त गरेको थियो । मोदीले उक्त भेटघाटका क्रममा गबार्डलाई बधाई दिए । सो क्रममा भारत र अमेरिकाबीच राम्रो सम्बन्ध बनाइराख्न कयौँ विषयमा छलफलसमेत भएको थियो ।

यसअघि मोदी अमेरिका पुग्नुअघि फ्रान्स भ्रमणमा थिए । उनले फ्रान्सेली राष्ट्रपतिसँग मिलेर एआई शिखर सम्मेलनको सहअध्यक्षता ग्रहण गरेका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  २ : ३१ बजे

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

काठमाडौं– सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमश : सिँचाइयोग्य क्षेत्रफल विस्तार

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

काठमाडौं– सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइयोग्य क्षेत्रफल विस्तार

औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमा २० हजार प्रत्यक्ष रोजगारी

काठमाडौं– मुलुकका विभिन्न क्षेत्रमा रहेका १० औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट

बेनीमा मनसुन विपद् प्रतिकार्य अभ्यास, म्याग्दी नदीमा उद्धारको डेमो प्रदर्शन

म्याग्दी– मनसुनको समयमा हुन सक्ने बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक

हर्मुज जलघाँटी शुल्कमा अमेरिकी प्रतिबन्ध, इरानमाथि आर्थिक दबाब थप कडा

वासिङ्टन– रणनीतिक हर्मुज जलघाँटी हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने