बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु | Khabarhub Khabarhub

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

 सुनसरी– सुनसरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका-५ बस्ने ५० वर्षीया चिनिमाया बुढाथोकी छिन्।

प्रहरीका अनुसार सोमबार दिउँसो दुहबी नगरपालिका-८ हुलास फ्याक्ट्रीअगाडि सडकमा विराटनगरबाट इटहरी जाँदै गरेको को१ख ७०२३ नम्बरको बसले प्र.१-०२-०५६ प ५५९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बुढाथोकीको मृत्यु भएको हो।

मोटरसाइकल पछाडि सवार बुढाथोकी गम्भीर घाइते भएकोमा विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगा मोरङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको विराट नर्सिङ होम अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ५ : १७ बजे

एनपी साउदको चेतावनी : कांग्रेस ०८४ का लागि तयार छैन, गुटबन्दीले संगठन बिग्रिए, पार्टी संकटमा छ

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले ०८४ सालमा हुने भनिएको

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

काठमाडौं– कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको

मुसलमान समुदायले आज मोहर्रम पर्व मनाउँदै

बाँके– मुसलमान समुदायले आज मोहर्रम पर्व मनाउँदै छन् । पर्वको

धरती र जीवन दुवैमा शान्ति छाओस् : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गरेका

सोटो नेपालको अध्यक्षमा शाही चयन

काठमाडौं– नेपालका ट्राभल तथा टुर अपरेटरहरूकाे साझा संस्था सोसाइटी अफ