‘चुरे दोहनका कारण मधेशमा विकराल समस्या आउन सक्छ’ « Khabarhub

‘चुरे दोहनका कारण मधेशमा विकराल समस्या आउन सक्छ’


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले चुरे दोहनका कारण मधेश प्रदेशमा विभिन्न खालका समस्या देखिन थालेको भन्दै चुरेको संरक्षणमा तीनै तहका सरकारको ध्यान जानुपर्ने बताएका छन् । 

मधेश प्रदेशमा सञ्चालित जलवायु उत्थानशील समुदाय परियोजना अन्तर्गत आसमान नेपाल र मर्सीकोर नेपालको सहकार्यमा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयले सोमबार जनकपुरधाममा गरेको जलवायु परिवर्तन अनुकूलन र विपद् जोखिम व्यवस्थापनसम्बन्धी बजेट विश्लेषण अध्ययनबाट प्राप्त नतिजा सार्वजनीकीकरण कार्यक्रममा उनले चुरेको संरक्षणमा तीनै तहका सरकारको ध्यान जानुपर्ने  बताए । 

उनले चुरे दोहनका कारण मधेश प्रदेशको आठै जिल्लामा विभिन्न खालका समस्या देखा पर्ने गरेको भन्दै चुरे संरक्षण भएन भने मधेशमा विकराल समस्या आउन सक्ने समेत बताए । 

मन्त्री लेखीले भने, ‘जलवायु परिर्वतनका असरहरु मधेश प्रदेशमा देखिन थालेको छ । १० वर्षअघि एक सय फिटमा पर्याप्त पानी आउँथ्यो, अहिले चार सय फिटमा पनि चपाकलहरुमा पानी आउन समस्या देखिन्छ ।’ 

जलवायु परिवर्तनका असरका कारण अन्नबाली समयमा नफल्ने गरेको उनको कथन रहेको थियो । मन्त्री लेखीले विपद्मा देखिएका समस्या समाधानका लागि संघ सरकार उदार हुनुपर्ने तर्क दिँदै समस्या समाधानका लागि प्रदेशलाई अग्राधिकार दिनुपर्ने बताए । उनले जल तथा मौसम विभागको प्रभावकारिता अझ बढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ७ : २९ बजे

पहिचान पक्षधर चार पार्टीबीच एकता

बनियानी– पहिचान पक्षधर चार वटा राजनीतिक पार्टीबीच आज एकता भएको

स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक जना पक्राउ

सिरहा– यहाँको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले स्रोत नखुलेको नगदसहित एक जनालाई

जेन-जी र सरकारबीच १० बुँदे सम्झौतामा हस्ताक्षर हुँदै (दस्तावेजसहित)

काठमाडौं- जेन-जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबीच बुधबार सम्झौता पत्रमा

सरकार र जेन-जीबीच सम्झौता पत्रमा हस्ताक्षर हुँदै, आन्दोलनकारीमाथि धरपकड नगरिने

काठमाडौं- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र जेन-जी आन्दोलनकारीहरूबीच तीन