ट्रम्प र मस्कविरुद्ध अमेरिकामा विरोध प्रदर्शन | Khabarhub Khabarhub

ट्रम्प र मस्कविरुद्ध अमेरिकामा विरोध प्रदर्शन


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका विशेष सहयोगी एलन मस्कविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ।

राष्ट्रपतिका रुपमा ट्रम्पले पदभार ग्रहण गरे यता गरेका काम र निर्णयमा असन्तुष्टि जनाउँदै सोमबार अमेरिकामा प्रदर्शन भएको हो।

ट्रम्पसँगै उनका सहयोगी एलन मस्कको समेत प्रदर्शनकारीले चर्को विरोध गरेका छन्। ‘५०५०१ मुभमेन्ट’ नामको समूहले राजधानी वाशिङ्टनमा भेला भएर विरोध प्रदर्शन गरेको हो।

५० राज्यमा ५० विरोध र एक दिनको रूपमा सो मुभमेन्ट नामकरण गरिएको हो। मुभमेन्टको नेतृत्व अवकाश प्राप्त शिक्षक यायोभेन बाइसिकले गरेकी छन्।

उनीहरूले ट्रम्प प्रजातन्त्र विरोधी हुँदै गएकाले सडकमा उत्रेर प्रदर्शन गर्नु आवश्यक भएको बताएका छन्।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ६ : १३ बजे

म्याग्दीमा नवौँ मुनसन कप सुरु

म्याग्दी– तीज पर्वका अवसरमा नवौँ मुनसन कप फुटबल प्रतियोगिता सुरु

भियतनामका उपराष्ट्रपतिको भ्रमणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

-सिबी अधिकारी/रासस उच्च आर्थिक वृद्धिदर भएको मुलुक भियतनाम र विकासशील

रविबारे पूर्वराष्ट्रपतिले बोल्दै नबोलेको कुरा मनिष झाले प्रचार गरिदिएको भंगालको गुनासो

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले आफूसँग

भोटेकोशीमा बोलेरो खस्दा चालकसहित दुईजना बेपत्ता

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ हिन्दीमा मंगलबार बोलेरो दुर्घटना हुँदा दुईजना

वीरगञ्जमा हैजा : १० नमूनामध्ये आठमा सङ्क्रमण

वीरगञ्ज– वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा