भारतमा मृत भेटिएकी प्रकृतिलाई न्याय माग गर्दै विद्यार्थीको प्रदर्शन « Khabarhub

भारतमा मृत भेटिएकी प्रकृतिलाई न्याय माग गर्दै विद्यार्थीको प्रदर्शन


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालका लागि न्यायको माग गर्दै पुल्चोक क्याम्पसका विद्यार्थीले विरोध र्‍यालीसँगै हस्ताक्षर संकलन गरेका छन्।

नेविसंघ पुल्चोकले आयोजना गरेको विरोध र्‍यालीमा क्याम्पसका विद्यार्थीहरू सहभागी भएका हुन् । पुल्चोक क्याम्पसबाट सुरु गरी लबिम मल हुँदै हरिहर भवनबाट पुन: पुल्चोक क्याम्पस डिन कार्यलयमा आएर र्याली सकिएको थियो । त्यसपछि विद्यार्थीले क्याम्पस गेटमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर संकलनमा क्याम्पसमा उपलब्ध धेरै विद्यार्थीहरुको उपस्थिति रह्यो।

पुल्चोकका विद्यार्थीले ‘प्रकृतीलाई न्याय दे ’, ‘Justice for Prakriti’, ‘निष्पक्ष छानबिन गर’ लगायतका प्लाकार्डसहित दबाबमूलक प्रदर्शन गरेका हुन् ।

“प्रकृति लम्सालले न्याय पाउन् र यस्तो घटना फेरि कहिल्यै नदोहोरियोस् भन्नका लागि हामीले विरोध प्रदर्शन गरेका हौँ !” नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पसका इकाई सभापति विक्रम भण्डारी भन्छन् ! अन्य विद्यार्थीहरूले पनि आफूहरू प्रकृतिको न्यायको लागि उपस्थित भएको जनाए।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ५ : २३ बजे

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२–८३ को

यी भूभागमा चट्याङसहित वर्षाको सम्भवना, तराईमा तापक्रम बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु

सान डिएगो – अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोको एक मस्जिदमा

कांग्रेस संविधानको रक्षार्थ अघि बढ्छः सभापति थापा

काभ्रेपलाञ्चोक – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब आफ्नो पार्टी

चेन्नाईलाई हराउँदै हैदरावाद आईपीएल तालिकाको तेस्रो स्थानमा

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा