बुढानीलकण्ठबाट थप चार भारतीय पक्राउ, दुई अर्ब बढीको अनलाइन जुवा खेलाएको आरोप « Khabarhub

बुढानीलकण्ठबाट थप चार भारतीय पक्राउ, दुई अर्ब बढीको अनलाइन जुवा खेलाएको आरोप


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले काठमाडौंबाट गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा थप चार जना भारतीयलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत उत्तरप्रदेश गोरखपुर घर भई काठमाडौं बुढानीलकण्ठ-२ बस्ने २२ वर्षीय एमडी आरिफ हुसेन, उत्तर प्रदेशकै फत्तेपुर जिल्ला घर भएका ४२ वर्षीय अब्दुल कलाम, २५ वर्षीय अभिषेक मदेसिया र ४० वर्षीय इरफान पठान रहेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार बुढानीलकण्ठ नगरपालिका-२ तौलुङबाट पक्राउ गरेको हो ।

परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार उनीहरूलाई घर भाडामा लिएर गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा सोमबार बेलुका पक्राउ गरिएको हो ।

उनीहरूले दुई अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेलाएको प्रारम्भिक अनुसन्धानले देखाएको एसएसपी अधिकारीले बताए ।

पक्राउ परेका भारतीयबाट १२ थान ल्यापटप, १२ थान मोबाइल, क्यालकुलेटर ७ थान र हिसाब-किताबको अभिलेख राखिएको १३३ पाना र डायरी तीन थान बरामद भएको अधिकारीले बताए ।

पक्राउ परेकालाई मंगलबार अनलाइन जुवा खेल्न/खेलाउन नपाइने कसुरमा जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको अधिकारीले बताए ।

सोमबारै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुढानीलकण्ठबाटै डेढ अर्ब बढीको अनलाइन जुवा खेलाएको आरोपमा २४ जना भारतीयलाई पक्राउ गरेको थियो ।

यसअघि तीन अर्ब बढीको अनलाइन जुवा खेलाएको आरोपमा परिसरले बुढानीलकण्ठको घरमा छापा मारेर भारतीय र नेपाली पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ६ : ३० बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार