उजिरसिंह खेलकुद रङ्गशाला निर्माण कार्य अघि बढ्ने | Khabarhub Khabarhub

उजिरसिंह खेलकुद रङ्गशाला निर्माण कार्य अघि बढ्ने


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– बुटवल उपमहानगरपालिका–१३ मा निर्माण हुने उजिरसिंह खेलकुद रङ्गशाला निर्माण कार्य अघि बढ्ने भएको छ । 

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापनादेखि नै महत्त्वपूर्ण आयोजनाका रूपमा प्रस्ताव गरेको यो रङ्गशाला वन क्षेत्रको जग्गा प्राप्त हुन नसक्दा अघि बढ्न सकेको थिएन । 

प्रदेश सरकारले हरेक आर्थिक वर्षमा बजेट विनियोजन गरे पनि जग्गाको समस्याका कारण बजेट फ्रिज हुने गरेको थियो । 

रङ्गशाला निर्माणस्थल वन क्षेत्रमा पर्ने भएकाले नेपाल सरकार मन्त्रिपरिषद्ले गत असोज १८ गते वन क्षेत्र प्रयोग गर्ने स्वीकृति प्रदान गरेको थियो । 

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले उजिरसिंह रङ्गशाला निर्माणका लागि आवश्यक बजेट तथा अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । 

प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई उक्त रङ्गशाला निर्माण कार्यान्वयन गर्न जिम्मेवारी दिने निर्णय गरिएको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए ।

प्रदेश सरकारको निर्णयअनुसार चालु आव २०८१/८२ का लागि तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । 

अब उक्त बजेट प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई निकासा गर्दै निर्माण कार्यलाई अघि बढाइनेछ । यसअघि सामाजिक विकास मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको उक्त आयोजना हालै गठन भएको युवा तथा खेलकुद मन्त्रालयमा हस्तान्तरण गरिएको थियो । 

उक्त रङ्गशाला निर्माण प्रक्रियालाई अघि बढाउन प्रदेश सरकारको मन्त्रिपरिषद्ले आर्थिक मामिला तथा योजना मन्त्रालयको सहमतिअनुसार आवश्यक बजेट व्यवस्थापनको निर्णय लिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा सम्पन्न बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणका उच्चस्तरीय निर्देशक समितिका विज्ञ सदस्यको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । भू–प्रविधिविज्ञ मन्दीप सुवेदी र कानुनविज्ञ पदमप्रसाद वैदिकले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरिएको हो । 

यस्तै वन तथा वातावरण मन्त्रालयको प्रस्तावअनुसार वन क्षेत्रभित्रका खोलाखोल्सी व्यवस्थापन कार्यविधि, २०८१ (पहिलो संशोधन) लाई स्वीकृति प्रदान गरिएको छ । 

यस्तै सामाजिक विकास मन्त्रालयले प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन कार्यविधि, २०७६ को तेस्रो संशोधनका लागि प्रस्ताव समेत मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ६ : ३६ बजे

काठमाडौं महानगरबाट ६४ हजारले लिए निःशुल्क कानूनी सेवा

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट निःशुल्क कानूनी परामर्श सेवा लिनेको सङ्ख्या ६४

एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै

काठमाडौं– नेकपा एमालेको पोलिटब्युरो बैठक आज (शनिबार) पनि बस्दैछ ।

राजस्व सङ्कलनमा ९ प्रतिशत बढीले वृद्धि

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८१–०८२ मा तीन

‘कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज’ सुरु

पाल्पा– पाल्पालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले ५५

नून भुटुन साट्न चतरा, अक्करको जीवन खतरा !

काठमाडौं- शिर फूल शिरमाथप्पडी मार्दै लै लै अक्करे भीरमा …