युक्रेनकै कारण युद्ध भएको ट्रम्पको आरोप « Khabarhub

युक्रेनकै कारण युद्ध भएको ट्रम्पको आरोप


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

फ्लोरिडा – साउदी अरेबियामा रुस र अमेरिका बीचको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनकै कारण यो युद्ध भएको आरोप लगाएका छन्।

साउदी अरेबियाको वार्तामा युक्रेनको आफ्नो उपस्थिति चाहेपछि राष्ट्रपति ट्रम्पले सो कुरा बताएका हुन्।

फ्लोरिडाको मार आ लागो रिसोर्टमा बोल्दै ट्रम्पले रुससँगको युद्धका कारण विना निर्वाचन सत्तामा जेलेन्सकी रही रहेको बताएका छन्।

उनले फेब्रुअरीको अन्त्यमा रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग भेट गर्न सक्ने समेत बताएका छन्।

यता रुसका विदेश मन्त्रीले युक्रेनमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)का सेना पठाउने कुरालाई अस्वीकार गर्ने बताएका छन्। साउदी अरेबियामा अमेरिकी प्रतिनिधिमण्डलसँगको भेटको क्रममा विदेश मन्त्री सर्जी लेबरेभले सो कुरा बताएका हुन्।

रुस र अमेरिकाबीच युद्ध अन्त्यका लागि वार्ताका आधार तयार गर्ने सहमति भने भएको छ। सोही क्रममा लेबरेभले कुनै पनि किसिमको र कुनै पनि झन्डा मुनिका सेनालाई शान्तिको स्थापनाको नाममा स्वीकार गर्न नसकिने बताएका हुन्।

युक्रेनी राष्ट्रपति भालाडोमिर जेलन्सकीले आफ्नो अनुपस्थितिमा यो वार्ता हुनुलाई आश्चर्य रुपा हेरेका छन्। ट्रम्पले शान्ति स्थापनाका लागि नेटोले सेना पठाउने कुरालाई भने सकारात्मक रूपमा लिएका छन्।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ७ : ३७ बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक