आज नेपालीको जीवनको सर्वाधिक महत्त्वको दिन हो : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

प्रजातन्त्र दिवस

आज नेपालीको जीवनको सर्वाधिक महत्त्वको दिन हो : प्रधानमन्त्री ओली


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै आज नेपालीको जीवनको सर्वाधिक महत्त्वको दिन भएको बताएका छन्।

७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। सामाजिक सञ्जालमा दिएको शुभकामना सन्देशमा ओलीले भनेका छन्, फागुन ७ गते। आजको दिन- हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन हो। गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरुमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना।’

प्रधानमन्त्री ओलीले जहानियाँ शासनविरुद्ध जीवन उत्सर्ग गर्ने शहिदको सम्झना गर्दै श्रद्धाञ्जली अर्पणसमेत गरेका छन्। उनले फेसबुकमा थप लेखेका छन्, ‘जहानियाँ शासन विरुद्ध जीवन उत्सर्ग गर्नुहुने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ लगायत अमर शहीदमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान।’

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ८ : २५ बजे

भटौली खोलाको बाढीले पक्की पुलमा क्षति, सवारी आवागमन बन्द

रामेछाप– रामेछापको भटौली खोलामा रहेको पक्की पुलमा बाढीले क्षति गरेपछि

फैसला कार्यान्वयनमा सक्रियता बढाउँदै चितवन प्रहरी

चितवन– विभिन्न आपराधिक कार्यमा संलग्न रहेर फरार भएका एक हजार

म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

म्याग्दी– म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा करिब नौ सय घरपरिवारमा

कालीगण्डकीको बहाव यस वर्षकै उच्च, शालिग्राम शिला डुबानमा

पर्वत– लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको

खेलअघि भारतीय फाइटर कोरेनले भनेका थिए– रवीन्द्र त बच्चै हो, लड्न नआए राम्रो !

काठमाडौं– ‘ऊ त बच्चा हो । म उसको दिमागै निकालिदिन्छु।