परम्परागत शिक्षाको विकल्प खोज्नुपर्छ : नेता गुरुङ  « Khabarhub

परम्परागत शिक्षाको विकल्प खोज्नुपर्छ : नेता गुरुङ 


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेकपा एमालेका नेता एवं पूर्व सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले परम्परा गत शिक्षण सिकाइ क्रियाकलापलाई परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

गुरुङले अहिलेको युग प्रविधि र व्यवसाय केन्द्रित भएको हुँदा विद्यालय देखिनै भविष्यमा रोजगार दिने सक्ने शिक्षण सिकाइको खाँचो रहेको बताए ।

दोलखाको वैतेश्वर गाउँपालिका-४ मैनापोखरीमा अवस्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको ६५औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै एमाले नेता गुरुङले सामुदायिक विद्यालयले पुरानो शिक्षण सिकाइ विधिलाई परिवर्तन गरेर प्रविधियुक्त तथा रोजगार सिर्जना गर्ने खालको शिक्षा दिनुपर्ने बताए ।

हरेक राष्ट्रको सन्तुलित विकास गर्न आफ्नो मुलुकभित्रको साधन, स्रोतको पहिचान र परिचालन गर्दै समाज निर्माणको आधार स्तम्भ खडा गर्ने माध्यम शिक्षा भएकाले राज्यले पनि परम्परागत शिक्षण विधिको विकल्प खोज्नुपर्ने अहिले आवश्यकता भएको बताए ।

यसका लागि राज्यले शिक्षा विकासको लक्षित बिन्दुसम्म पुर्‍याउन प्रभावकारी योजना र कार्यक्रम ल्याउन जरुरी रहेको उल्लेख गरे । 

‘परम्परागत र पुरानो शिक्षण विधिले स्वदेशमै रोजगार सिर्जना गर्न नसक्दा सयौँ विद्यार्थी रोजगार खोज्दै विदेशी शिक्षाको सन्तुलित विकासविना देशको समानुपातिक विकास सम्भव हुँदैन । अहिले नेपालको शिक्षाले गति लिन सकेको छैन। हामी आफ्नो मुलुकभित्र विभिन्न क्षेत्रमा के/कस्ता दक्ष जनशक्ति चाहिन्छ भन्नेबारेमा पनि अन्योलमा छौँ,’ नेता गुरुङले भने, ‘हाम्रा लागि वर्तमान र भविष्यमा के/कस्ता खालका जनशक्ति उत्पादन गर्ने शिक्षण संस्था चाहिन्छ भन्ने सवालमा समेत स्पष्ट धारणा बन्न सकेन ।’

कार्यक्रमलाई सम्बोधनकै क्रममा पूर्व मन्त्री समेत भएका नेता गुरुङले देशको शैक्षिक उन्नतिका लागि अहिलेको कांग्रेस- एमालेको गठबन्धन सरकारले काम गरिरहेको बताए।उनले दोलखाको शैक्षिक विकास सँगै जिल्लाको पूर्वाधार विकासमा गठबन्धन सरकारले प्राथमिकता दिएर योजना छनोट तथा बजेटको सुनिश्चितता गरेको बताए ।

२०१६ सालमा स्थापना भएको हनुमन्तेश्वर माध्यमिक विद्यालयको ६५औँ वार्षिकोत्सव तथा २९औँ अभिभावक दिवस कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार चौलागाईंको अध्यक्षयता सम्पन्न भएको थियो।

कार्यक्रम विद्यालयको वार्षिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक भरत केसीले प्रस्तुत गरेका थिए।

हाल उक्त विद्यालयमा प्रावि,निमावि तथा मावि र क्याम्पसमा गरी नौ सय नौ जना नियमित हाजिर हुने विद्यार्थी रहेका छन् ।

वार्षिकोत्सवको अवसरमा विद्यालयले वार्षिक एसईई, कक्षा १२तथा क्याम्पसमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी तथा विद्यालय कार्यरत विषय शिक्षकहरूलाई नगदसहित सम्मान गरेको थियो भने,उत्कृष्ट अभिभावकलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा नेकपा समाजवादीका बागमती प्रदेश अध्यक्ष भीम प्रसाद दाहाल,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार चौलागाईं, विद्यालयका मावि शिक्षक यज्ञराज खतिवडा, हनुमन्तेश्वर क्याम्पसकी सहायक क्याम्पस प्रमुख ज्योति केसी, विद्यार्थी सागर चौलागाईं, रसी तामाङलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

विद्यालयले वार्षिकोत्सवको अवसरमा विद्यालयको ५ वर्षे स्मारिका समेत विमोचन गरेको थियो।
-सुबास बस्नेत

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ४ : १६ बजे

एमालेमा विधान संशोधन नहुने पक्का : पदाधिकारी र केन्द्रीय सदस्यसहित कम्तीमा १०७ नेताले गुमाउँदैछन् पद

काठमाडौं– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज बसेको सचिवालय

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट बडूको एकल नाम सिफारिस

दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ महाधिवेशनको तयारी पूरा

एमाले महाधिवेशन : प्यानल निर्माण गर्न ईश्वर पोखरेल छुट्टै छलफलमा

काठमाडौं – शनिबारदेखि सुरु हुन लागेको नेकपा एमालेको ११ औं

भिजिट भिसा प्रकरण: धरौटी बुझाएर रिहा भए सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा मुछिएका सहसचिव तीर्थराज