देशको हितका लागि ल्याएको अध्यादेशको विरोध नगरौँ : सञ्चारमन्त्री गुरुङ « Khabarhub

देशको हितका लागि ल्याएको अध्यादेशको विरोध नगरौँ : सञ्चारमन्त्री गुरुङ


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले देशको हितका लागि ल्याइएको अध्यादेशको विरोध गर्नु उचित नभएको बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले मुलुकमा सुशासन कायम गर्न र अर्थतन्त्रलाई बलियो बनाउन अध्यादेश ल्याइएको भन्दै अध्यादेशको विरोध गर्नु उचित नभएको बताएका हुन् । 

अध्यादेश पास गर्नुको विकल्प नरहेकाले अध्यादेशका पक्षमा साथ दिन उनले आग्रह समेत गरे  ।

भूमिसम्बन्धी समस्या समाधान गर्नका लागि भूमिसम्बन्धी अध्यादेश ल्याइएको उनको भनाइ छ । उनले शासन व्यवस्थाअनुसार कानुन परिवर्तन गर्नुपर्ने भएकाले त्यसले त्यसतर्फ ध्यान केन्द्रित गरेको उल्लेख गरे ।

मन्त्री गुरुङले मुलुक संघीयतामा गएपछि विकास निर्माणका धेरै काम भएको जिकिर गरे ।  

उनले मुलुकलाई रूपान्तरण गर्ने नीतिलाई सही बनाउँदै देश र जनताको हितमा अघि बढ्ने बताए । 

लोकतन्त्र खतरामा पर्न लागेको महशुस गरी कांग्रेस र एमालेजस्ता दुई ठूला राजनीतिक दलको गठबन्धनको जरुरी परेको उनले बताए  । 

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ७ : २५ बजे

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

गण्डकी– आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई

अकस्मात् बदलियो प्रतिनिधि सभाको कार्यसूची

काठमाडौँ – प्रतिनिधि सभाको बैठकको निर्धारित कार्यसूची आकस्मिक रूपमा परिवर्तन

कर्णाली करिडोर : छारेभीरको पहिरो पन्छाउन सकस

हुम्ला– कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभीरमा पहिरोसँगै ढुङ्गा

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र ईयूकी उपाध्यक्ष रिबेराबीच भेट

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन यहाँ आएका