डिभिजन वन कार्यालयले भन्यो : वरपिपल काट्नेलाई कारबाही गर्छौं « Khabarhub

डिभिजन वन कार्यालयले भन्यो : वरपिपल काट्नेलाई कारबाही गर्छौं


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरामा सार्वजनिक स्थानमा रहेका वर, पिपल लगायतका रुखहरु गैरकानूनी रुपमा कटान गरिएको घटनाप्रति डिभिजन वन कार्यालय कास्कीले चासाे देखाएकाे छ। कार्यालयले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यालयले बुधबार विज्ञप्ति निकालेर पोखरा महानगरपालिका लगायत सम्बन्धित सरोकारवाला निकायलाई समन्वय गर्न र कानूनी निर्देशन/निकासको लागि घटनाको जानकारी प्राप्त भएदेखि नै आग्रह गरेको छ। साथै, सो सम्बन्धमा सरोकारवालाहरुको समन्वय तथा शीघ्र कानूनी निकासाको लागि समेत माग गरेको छ।

संघीयता कार्यान्वयनमा आएपछि संघ, प्रदेश र स्थानीय तहका कानूनको आधारमा कानूनी कारबाहीको क्षेत्राधिकार र अनुसन्धान तहकिकात डिभिजन वन कार्यालय कास्कीकै भए नभएको सम्बन्धमा कानूनी निर्देशनरनिकासाका लागि सम्बन्धित तथा तालुक निकायमा पठाइ सकिएको छ। सो को जानकारी तथा विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखरामा समेत पठाइसकिएको छ।

प्रस्तुत विषयको कानूनी निर्देशनरनिकासा बमोजिम डिभिजन वन कार्यालय कास्कीको क्षेत्राधिकार ठहर हुन आएमा यस कार्यालय मार्फत अविलम्ब कानून बमोजिम कारबाही अगाडी बढाइने व्यहोरा समेत जानकारीको लागि अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ९ : १७ बजे

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

रसुवा– भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि