च्याम्पियन्स ट्रफी : न्युजिल्यान्डका विल र टमको शतकले पाकिस्तान घरेलु मैदानमा पराजित | Khabarhub Khabarhub

च्याम्पियन्स ट्रफी : न्युजिल्यान्डका विल र टमको शतकले पाकिस्तान घरेलु मैदानमा पराजित


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

कराँची – च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक पाकिस्तानलाई न्युजिल्यान्डले ६० रनले हराएको छ। ३२१ रनको लक्ष्य पाएको पाकिस्तान ४७.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २६० रनमा सीमित भएको हो।

पाकिस्तानका कुसदिल साहले विस्फोटक ब्याटिङ गर्दै ४९ बलमा ६९ रन जोडे। उनले १० चौका र १ छक्का प्रहार गरे। यसैगरी बाबर आजमले ६४ रनको योगदान गरे।

न्युजिल्यान्डका विल ओ रोरुकले ९ ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए। यसैगरी माइकल सान्टनरले १० ओभरमा ६६ रन खर्चेर समान ३ विकेट हात पारे। म्याट हेन्रीले ७.२ ओभरमा २५ रन खर्चेर महत्त्वपूर्ण २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५ विकेटको क्षतिमा ३२० रन जोडेको हो। उसका लागि पाकिस्तानविरुद्ध दुई ब्याट्सम्यानले शतक प्रहार गरे। न्युजिल्यान्डका विल योङले १०७ तथा टम लाथमले अविजित ११८ रन जोडे। विस्फोटक ब्याटिङ गरेका ग्लेन फिलिप्सले ३९ बलमा ६१ रन जोडे। लाथम सो खेलका म्यान अफ द म्याच बने।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ५ : ४५ बजे

आईपीओ अनुमतिको वातावरण बनाइदिन ऊर्जा उद्यमीको आग्रह

काठमाडौं- निजी क्षेत्रका ऊर्जा उद्यमीले आगामी १० वर्षमा २८ हजार

पाथीभरा क्षेत्रमा बाग्लो हिमपात

फुङ्लिङ्– ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको

फाइनान्सियल टास्क फोर्सको ‘ग्रे लिस्ट’मा नेपाल

काठमाडौं– फाइनान्सियल एक्सन टास्क फोर्स (एफटिएफ)ले नेपाललाई खैरो सूची (ग्रे

एउटै वडामा तीन जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ४ मुदीमा तीनवटा जलविद्युत् आयोजना निर्माण