जेलेन्स्की तानाशाह भएको ट्रम्पको आरोप « Khabarhub

जेलेन्स्की तानाशाह भएको ट्रम्पको आरोप

रुसी झुटको संसारमा अमेरिकी राष्ट्रपति रमाएको युक्रेनको भनाइ


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई तानाशाहको संज्ञा दिएका छन्।

युक्रेनको अनुपस्थितिमा रुसी प्रतिनिधि मण्डल र अमेरिकी प्रतिनिधि मण्डलको युद्ध विरामका लागि साउदी अरेबियामा वार्ता भएपछि ट्रम्प र जेलेन्स्की आरोप प्रत्यारोपमा उत्रिएका हुन्।

रुसले सञ्चालन गरेको झुटको संसारमा अमेरिकी राष्ट्रपति रमाएको आशय जेलेन्स्कीको थियो। यसको एक घण्टाकै अवधिमा अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा जेलेन्स्कीलाई तानासाहको संज्ञा दिएका हुन्।

गत साता रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० मिनेट लामो फोन वार्ता गरेपछि साउदी अरेबियामा दुई देशका नेतृत्वको बिचमा वार्ता भएको हो। यी दुई देश बिचमा वार्ता भएपछि जेलेन्स्कीले यसमा असहमति जनाएका छन्।

पूर्व राष्ट्रपति जो बाइडेन प्रशासनको नेतृत्वमा अमेरिका युक्रेनको सबै भन्दा ठुलो सहयोगी थियो। ट्रम्प प्रशासनले बिना शर्त युक्रेनलाई सहयोग पठाउने कुनै सम्भावना नरहेको जनाइसकेको छ।

ट्रम्पले त्यसपछि जेलेन्स्की बिना निर्वाचन सैन्य शासनको साथमा सत्तामा रहेको बताउँदै उनको वैधानिकता माथि नै प्रश्न उठाएका थिए। जेलेन्स्की सन् २०१९ भएको निर्वाचनको दोस्रो चरणमा ७३ प्रतिशत मत पाउँदै विजयी भएका थिए।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ६ : ०२ बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक