एम्बाप्पेको ह्याट्रिकमा सिटीविरुद्ध रियल म्याड्रिडको जित « Khabarhub

एम्बाप्पेको ह्याट्रिकमा सिटीविरुद्ध रियल म्याड्रिडको जित


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


975
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि बुधबार राति भएको दोस्रो लेग प्ले अफमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-१ ले हराएको छ।

पहिलो लेगमा ३-२ ले जित हात पारेको रियल एग्रिगेटमा ६-३ को सफलता सहित दोस्रो चरण प्रवेश गरेको हो।

बुधवार म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा रियलका लागि केलिएन एम्बाप्पेले ह्याट्रिक पूरा गरे।

खेलको चौथो मिनेटमा नै टोलीलाई अग्रता दिलाएका फ्रान्सेली स्टार एम्बाप्पेले ३३ औँ मिनेटमा अर्को गोल गरे भने खेलको ६० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। सिटीका लागि इन्जुरी समयमा निको गोन्जालेजले एक गोल फर्काए।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ६ : २५ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

विश्वकपमा मेक्सिकोको विजयी सुरुआत : पहिलो खेलमै तीन रातो कार्ड

मेक्सिको सिटी – विश्वकप फुटबलको उद्घाटन खेलमा सह-आयोजक मेक्सिकोले विजयी

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल जेठ २९ गते शुक्रबार अधिक जेठ

आज २०८३ साल जेठ २९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २९ गते शुक्रबार अधिक जेठ

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले