शहीदका बिरामी पिता भेट्न गोरखा पुगे प्रचण्ड « Khabarhub

शहीदका बिरामी पिता भेट्न गोरखा पुगे प्रचण्ड


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शहीदका बिरामी पिता भेट्न गोरखा पुगेका छन्‌ ।

माओवादी नेतृत्वमा चलेको १० वर्षे सशस्त्र सङ्घर्ष (जनयुद्ध)का शहीद वीरेन ओलियाका बिरामी पिता देवराज ओलियालाई भेट्न दाहाल गोरखाको पालुङटार-८ स्थित घरमै पुगेका हुन्‌ । दाहालले आलियाको स्वास्थ्यलाभ कामना गरे ।

धुवाँकोट गोरखाका पदम ओलिया (वीरेन) माओवादी नेतृत्वको तत्कालीन जनमुक्ति सेना नेपालका प्लाटुन सहकमाण्डर थिए । ०६१ जेठ ४ गते स्याङजा जिल्ला श्रीकृष्णगण्डकी गाविस-४, छापरमा तत्कालीन शाही नेपाली सेनासँग भएको दोहोरो भीडन्तमा पर्दा उनले ज्यान गुमाएका थिए ।

जनयुद्धका शहीद ओलियाका बिरामी पिता भेट्न दाहालसँगै पुत्री गङ्गा दाहाल लगायत सहभागी थिए । दाहालले क्रममा शहीद परिवार र स्थानीयसँग साक्षात्कार गरेका उनको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  २ : ५६ बजे

कामपाद्वारा विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा

काठमाडौं– काठमाडौं महानगरपालिकाले विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र

‘बागमती प्रदेशका पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण गरिन्छ’

काठमाडौं– बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले

केरूङमा उद्धार र राहतका लागि चीनले लगायो सबै शक्ति, मृतकको संख्या १६ पुग्दा ५४६ जना अझै बेपत्ता

ग्यिरोङ, चीन- चीनको क्षिजाङ स्वायत्त क्षेत्रमा बुधबार बिहान गएको विनाशकारी

भोटेकोशी बाढीका ७८ घाइते उपचारपछि डिस्चार्ज

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका ७८

बाढीको विपद्‍मा मौन बसेको टिप्पणी भएपछि पार्टी कार्यालयमा देखिए रवि, राहत र उद्धारबारे लिए ब्रिफिङ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोटेकोसी