सङ्खुवासभा कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण « Khabarhub

सङ्खुवासभा कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

किमाथांका – जिल्ला कारागार खाँदबारीका दुई कैदीबन्दीमा क्षयरोग (टिबी)को सङ्क्रमण भेटिएको छ । कारागारमा क्षयरोगको सङ्क्रमण थप फैलिन नदिनका लागि सचेतना तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 

कारागारका कैदीबन्दीमा क्षयरोग(टिबी) को सङ्क्रमण भएको जिल्ला कारागारका अहेव उर्मिला राउतले पुष्टि गरे । राउतका अनुसार क्षयरोग (टिबी) को सङ्क्रमण फैलन नदिन सुरक्षा सतर्कता अपनाइएको छ । 

कारागारमा रहेका अन्य कैदीबन्दीमा सङ्क्रमण फैलन नदिन जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा आज ८१ कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको अहेव राउतले बताए। दुई जनाको सम्पर्कमा रहेका अन्य कैदीबन्दीमा समेत क्षयरोग ९टिबी० को सङ्क्रमणको लक्षण देखा पर्न थालेपछि एउटा ब्लकभित्रका ८१ जनाको स्वास्थ्य परीक्षण गरिएको उनको भनाइ छ ।

आज स्वास्थ्य परीक्षण गरिएका कैदीबन्दीको रिपोर्ट आउन केही दिन लाग्ने अहेव राउतले बताए। क्षयरोग सङ्क्रमण देखिएका बिरामीले नियमित औषधी सेवन गरिरहेका छन् । जिल्ला कारागार खाँदबारीमा ५५ जना क्षमताभन्दा तीन गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । 

जिल्ला कारागारमा १३१ पुरुष, नौ महिला कैदीबन्दी र दुई आश्रित बालबालिका रहेको जिल्ला कारागारका प्रमुख जेलर तुलसी पौडेलले जानकारी दिए। 

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ५ : २६ बजे

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

गण्डकी– आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई

अकस्मात् बदलियो प्रतिनिधि सभाको कार्यसूची

काठमाडौँ – प्रतिनिधि सभाको बैठकको निर्धारित कार्यसूची आकस्मिक रूपमा परिवर्तन

कर्णाली करिडोर : छारेभीरको पहिरो पन्छाउन सकस

हुम्ला– कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभीरमा पहिरोसँगै ढुङ्गा

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र ईयूकी उपाध्यक्ष रिबेराबीच भेट

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन यहाँ आएका