नित्यनाथ सत्तल पुनः निर्माणका लागि शिलान्यास | Khabarhub Khabarhub

नित्यनाथ सत्तल पुनः निर्माणका लागि शिलान्यास


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका वडा नं. ८ नवाली टोलमा १९ औँ शताब्दीमा निर्माण भएको मानिएको नित्यनाथ सत्तलको पुनः निर्माणका लागि शिलान्यास भएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्तलको पुनःनिर्माणको शिलान्यास गरेका छन् । 

सत्तल पुनः निर्माणका लागि करबाहेक करिब २ करोड २७ लाख रुपैयाँमा बनाउने सम्झौता भएको वडाध्यक्ष आशामान संगतले बताए । 

तीनतले सत्तलको पहिलो तलामा पुस्तकालय, दोस्रो तलालाई सामाजिक कार्य तथा भोजका लागि उपयोग र तेस्रो तला अर्थात् वुइँगलमा नित्यनाथको मन्दिर रहने अध्यक्ष संगतले बताए । 

शिलान्यासपछि थापाले, महानगरपालिकाको नेतृत्वमा प्रशंसा योग्य काम भएको बताए । ‘सम्पदा संरक्षण गर्ने काममा, जन सरोकारका काममा यस अघि संघ र प्रदेश सरकारको लगानी माग्नु पर्थ्यो’, थापाले भने, ‘अहिले महानगरपालिकाले लगानीको अभाव महसुस हुन दिएको छैन ।’ 

९० सालको भूकम्पले जीर्ण अवस्थामा रहेको सत्तल २०३९ सालमा सुवर्ण वैद्य वडाध्यक्ष भएका बेला ढलान गरेर पुनःनिर्माण गरिएको थियो । त्यसमा तला थप गरेर सन्ध्या पुस्तकालय सञ्चालन गरिएको अध्यक्ष संगतले बताए । 

‘सांस्कृतिक सहरको पहिचान कायम गराउन नेपाली परम्परागत शैलीमा सत्तलको पुनःनिर्माण गर्न लागिएको हो’, संगतले भने, ‘भवन बन्नु संरचना मात्र थपिनु होइन, यसले स्थानीय जनजीवनसँग जोडिएका सामाजिक तथा सांस्कृतिक चालचलनलाई पनि जोड्छ ।’

यो सत्तल १९ औँ शताब्दीमा निर्माण भएको अभिलेखमा देखिएको सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले बताईन्  । ‘निर्माण कसले गराए, किन गराए, जीर्ण भएका बेला कसकसले पुनःनिर्माण गराए भन्ने विवरण अभिलेखमा देखिएन’, राईले भनिन्, ‘९० सालको भूकम्पले भत्किएर एकातिर जीर्ण गारो भएको संरचना मात्र अभिलेखन छ ।’ 

विभागका इञ्जिनियर रुपा डंगोलका अनुसार सत्तलको हरेक तला ८१३.०६ वर्गफिट रहेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ५ : ३१ बजे

जेन–जी आन्दोलनको भोलिपल्ट मंगलबार बिहान यस्तो देखियो नयाँबानेश्वर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका कारण सोमबार रणमैदान बनेको नयाँबानेश्वर क्षेत्र आज

बीपी कोइरालाको ११२औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं – नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो

मंगलबार बिहान ८:३० बजेदेखि काठमाडौंमा कर्फ्यू

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको समय बढाएको छ।

जेनजीको आन्दोलनमा घुसपैठ गरेको आरोपमा राप्रपाका केन्द्रीय सदस्य हमाल पक्राउ

काठमाडौं– जेन–जी पुस्ताले गरेको स्वतन्त्र आन्दोलनमा घुसपैठ गरेको आरोपमा प्रहरीले

सोमबार बानेश्वरमा दिनभर घुम्दा जे देखियो…

काठमाडौं– जेन–जी पुस्ताले भ्रष्टाचारविरूद्ध आन्दोलनको घोषणा गरेको थियो । सोमबार