कीर्गिस्तानविरुद्ध फराकिलो जितसहित म्यानमार फाइनलनजिक « Khabarhub

कीर्गिस्तानविरुद्ध फराकिलो जितसहित म्यानमार फाइनलनजिक


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कीर्गिस्तानमाथि फराकिलो जितसहित म्यानम्यार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ को फाइनल नजिक पुगेको छ ।

कीर्गिस्तानलाइ ५–० ले हराउँदै म्यानमारले आफूलाई उपाधिनजिक पुर्‍याएको हो ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५–० ले हराएको हो ।

म्यानमारको जितमा यून वादी र मे एचटेट लुले समान दुई गोल गरे । एक गोल सन्दर लिनको नाममा रह्यो ।

पहिलो हाफमा ४ गोलको अग्रता लिएको म्यानमारले दोस्रो हाफमा थप एक गोल गरेर फराकिलो जीत हासिल गरेको हो ।

प्रतियोगितमा म्यानमारको यो लगातार दोस्रो जित हो । म्यानमारले पहिलो खेलमा लेबनानलाई ३–१ ले हराएको थियो ।

चार देश सम्मिलित प्रतियोगितामा नेपाल एक खेलमा तीन अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ५ : ४० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको