लेबनानविरुद्धको खेलमा रश्मीलाई आराम दिँदा सावित्रा सुरुमै आइन् « Khabarhub

वुमेन्स च्याम्पियनसिप

लेबनानविरुद्धको खेलमा रश्मीलाई आराम दिँदा सावित्रा सुरुमै आइन्


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत लेबनानविरुद्ध बिहीबार खेल्ने नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक गरिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दुईजना खेलाडी परिवर्तन गरेका छन्।

उनले लेबनानविरुद्धको खेलमा निशा थोकर र रश्मीकुमारी घिसिङलाई विश्राम दिएका छन्। कीर्गितस्तानविरुद्धको खेलमा निशा घाइते भएकी छन्।

रश्मीलाई आराम दिएपछि चर्चित स्ट्राइकर सावित्रा भण्डारी सुरुवातमै आएकी छन्। पहिलो खेलमा सावित्रा दोस्रो हाफमा मैदान छिरेकी थिइन् ।

बिहीबार म्यान्मारसँग फराकिलो हार भोगेको कीर्गिस्तानलाई नेपालले पहिलो खेलमा १–० को झिनो अन्तरले हराएको थियो । यस्तोमा नेपाल लेबनानविरुद्धको खेलमा दबाबमा देखिनेछ ।

लिग चरणमा शीर्ष दुई स्थानका टोलीले फाइनल खेल्नेछन्। अंक तालिकामा म्यानमार शीर्ष स्थानमा छ । गोल संख्यामा पछि परेर नेपाल दोस्रोमा छ।

लेबनानलाई हराए नेपाल सिधै फाइनलमा जानेछ । हारेमा प्रतियोगिताकै बलियो म्यानमारविरुद्ध जित निकाल्नुपर्छ । त्यहीकारण नेपाल लेबनानविरुद्ध दबाबमा हुनेछ।

प्रतियोगितमा म्यानमारले बिहीबार नै कीर्गिस्तानलाई ५-० ले हराउँदै लगातार दोस्रो जित निकालेको छ । चार देश सम्मिलित प्रतियोगितामा नेपाल एक खेलमा तीन अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ५ : ५३ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

विश्वकपमा मेक्सिकोको विजयी सुरुआत : पहिलो खेलमै तीन रातो कार्ड

मेक्सिको सिटी – विश्वकप फुटबलको उद्घाटन खेलमा सह-आयोजक मेक्सिकोले विजयी

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल जेठ २९ गते शुक्रबार अधिक जेठ

आज २०८३ साल जेठ २९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २९ गते शुक्रबार अधिक जेठ

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले