लेबनानविरुद्ध साम्बाले दिलाइन् नेपाललाई अग्रता « Khabarhub

लेबनानविरुद्ध साम्बाले दिलाइन् नेपाललाई अग्रता


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत लेबनानविरुद्धको खेलमा नेपालले अग्रता बनाएको छ।

नेपालका लागि कर्णर किकपछि रिबाउन्ड भएको बललाई सदुपयोग गर्दै चर्चित स्ट्राइकर सावित्रा भण्डारी साम्बाको प्रहार गोलमा परिणत भएको हो ।

खेलको ४१ औँ मिनेटमा साम्बाले डी बक्स बाहिरबाट प्रहार गरेको बल लेबनानी खेलाडीको खुट्टामा ठोक्किँदै डिफ्लेक्ट भएर जाली चुम्न पुगेको थियो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफमा नेपालले १-० को अग्रता बनाएको हो । रश्मी तामाङलाई आराम दिएपछि प्रशिक्षकले साम्बालाई सुरुवातमै उतारेका हुन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ६ : ४९ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल