अदालतमा सिनेमा : ‘ताण्डवम्’ को प्रिमियर र ‘लाज शरणम्’ को प्रचार रोकियो ! | Khabarhub Khabarhub

अदालतमा सिनेमा : ‘ताण्डवम्’ को प्रिमियर र ‘लाज शरणम्’ को प्रचार रोकियो !


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुलुकमा जब जाडो याम भित्रियो, फिल्मी बजारलाई पनि चिसो लाग्यो । अर्थात्, मध्य जाडोका तीन महिना मङ्सिर, पुस र माघमा प्रदर्शनमा आएका नेपाली फिल्मले बक्स अफिस तताउन सकेनन् ।

ट्रेलर र प्रचार सामग्रीले राम्रो हाइप बनाएका फिल्म पनि अपेक्षित चल्न सकेनन् । निर्माताको लगानीसम्म उठेन । यो अवधिमा प्रदर्शनमा आएका कुनै निर्माताले ‘लगानी सुरक्षित भयो’ भन्न सकेनन् ।

यो अवधिमा ‘स्टार’ कलाकारका फिल्म पनि नआएका होइनन् । तर, कुनै फिल्मले दर्शकलाई तान्न सकेनन् ।

तथापि फिल्मको व्यापारमा मात्र चिसो लागेको हो । फिल्मीवृत्त भने भने चलायमान नै छ । फिल्म घोषणा भएकै छन्, प्रचार सामग्री सार्वजनिक भइरहेका छन् ।

अर्कोतर्फ फिल्मको विवाद अदालत प्रवेश गर्दा नयाँ अवस्था सिर्जना भएको छ । फिल्म क्षेत्रलाई गरमागरम बनाउन यिनै विवाद खुराक बनेका छन् । पछिल्लो समय फिल्मका विवाद अदालत प्रवेश गर्ने प्रवृत्ति देखिएको छ ।

अदालत प्रवेशको विषयले फिल्मीवृत्तलाई तरङ्गित त बनाएको छ, तर यो तरङ्गले प्रतिकूल अवस्था सृजना गरेको छ ।

फिल्मको विवाद अदालत प्रवेश गर्दा नयाँ अवस्था सिर्जना भएको छ । फिल्म क्षेत्रलाई गरमागरम बनाउन यिनै विवाद खुराक बनेका छन् ।

अदालतको अङ्कुश

गत माघमा जिल्ला अदालत काठमाडौंले प्रदीप खड्का केन्द्रीय भूमिकामा रहेको फिल्म ‘एक्टर : टेक वान’ प्रदर्शनमा रोक लगाएको थियो ।

अर्को फिल्म ‘एक्टर’ निर्माण पक्षले नाम र कथावस्तु चोरी भएको भन्दै मुद्दा दायर गरेका थिए । यस मुद्दामा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै फिल्म प्रदर्शनमा रोक लगाएको थियो ।

‘एक्टर’ र ‘एक्टर : टेक वान’ का निर्माण पक्षबीच सहमति भएपछि फिल्म प्रदर्शनमा आएको थियो ।

अहिले अर्को फिल्मको विवाद पनि अदालतमा प्रवेश गरेको छ । फागुन १४ प्रदर्शन मिति तोकिएको फिल्म ‘लाज शरणम्’ अहिले कानूनी सङ्कटमा छ । प्रदर्शनको सङ्घारमा फिल्म प्रचार गर्न रोक लगाइएको छ ।

यो पनि –
चलचित्र विकास बोर्डको कमजोरीले अदालत छिरेको एक्टर…

उच्च अदालत पाटनको आदेशका कारण तोकिएको मितिमा यस फिल्मको ट्रेलर सार्वजनिक हुन मात्र पाएन, सार्वजनिक भएका प्रचार सामग्री समेत हटाइएको छ । यस फिल्मको टिजर र प्रमोसनल गीत ‘युट्युब’बाट हटाइएको हो ।

यो फिल्मको विवाद अदालत प्रवेश गर्नुको कारण हो – फिल्ममा सीताराम कट्टेल ‘धुर्मुस’ले निर्वाह गरेको भूमिका ।

सीतारामले निर्वाह गरेको चरित्र जेलमा रहेका नेपाली कांग्रेसका पूर्वमन्त्री अफताव आलमसँग मिल्दोजुल्दो देखिन्छ । यद्यपि निर्माण पक्षले यो संयोग रहेको दाबी गर्दै आएको छ ।

अफतावले आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जिउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको दाबी गर्दै फिल्म रोक्न माग गरेका थिए ।

गत मङ्गलबार न्यायाधीश लालबहादुर कुँवर र हेमन्त रावलको संयुक्त इजलासले फिल्मको प्रचार रोक्न आदेश दिएको हो ।

यो पनि –

अदालतले ‘लाज शरणम्’ लाई रोक लगाएपछि चर्को आलोचना

यस फिल्मको केन्द्रीय भूमिकामा सीताराम छन् । उनले निर्वाह गरेको चरित्रलाई लिएर प्रचारप्रसार बन्द गर्न अदालतले आदेश दिएको हो ।

चलचित्रको प्रदर्शन रोक्का गर्ने अधिकार सेन्सर बोर्डलाई हुनेसमेत समाजले स्मरण गराएको छ । समाजले ‘लाज शरणम्’को कानूनी लडाइँमा चलचित्र सम्बन्धी संस्थालाई गोलबद्ध हुन आग्रहसमेत गरेको छ ।

यद्यपि, अदालत आदेशले मात्रै फिल्म प्रदर्शनमा आउनबाट भने रोकिने देखिँदैन । सीतारामले निर्वाह गरेको भूमिकाप्रति सेन्सर बोर्डले आपत्ति नजनाए यो फिल्म प्रदर्शनमा आउँछ ।

अदालतको आदेशमा लेखिएको छ, ‘केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिइ रोक्न सक्ने देखिँदा यो अगावै निवेदकको मुखाकृति र आवरणसँग मिल्नेगरी पात्रले अभिनय गरेको लाज शरणम नामक चलचित्रको विज्ञापन सामाजिक सञ्जाल तथा अन्य सार्वजनिक सञ्चार माध्यमहरूमा प्रचारप्रसार र सो सम्बन्धी पोस्टरहरू प्रकाशन, प्रशारण नगर्नू नगराउनू ।’

‘लाज शरणम्’बारे को के भन्छन् ?

नेपाल चलचित्र निर्देशक समाजले भने अदालतको आदेशमै असन्तुष्टि व्यक्त गरेको छ । समाजले विज्ञप्ति जारी गरी अदालतको आदेशलाई ‘अफतावको मनसाय अनुसार’को भनेको छ ।

चलचित्रको प्रदर्शन रोक्का गर्ने अधिकार सेन्सर बोर्डलाई हुनेसमेत समाजले स्मरण गराएको छ । समाजले ‘लाज शरणम्’को कानूनी लडाइँमा चलचित्र सम्बन्धी संस्थालाई गोलबद्ध हुन आग्रहसमेत गरेको छ ।

यस विषयमा सामाजिक सञ्जालमा समेत टिकाटिप्पणी सुरु भएको छ । बहुसंख्यक कलाकर्मी ‘लाज शरणम्’को पक्षमा उभिएका छन् ।

अदालतको आदेशलाई असन्तुष्टि राख्दै केदार घिमिरे ‘माग्ने बूढा’ सामाजिक सञ्जालमा लेख्छन्, ‘क्यारिकेचर गर्ने पेसा पनि लोपोन्मुख होलाजस्तो छ । नमिले फ्लप, मिले लफडा !’

कलाकार दीपकराज गिरी पनि फिल्मको पात्रको हुलिया कसैको मुखाकृति र आवरणसँग मिल्दैमा प्रचारप्रसार रोक्न आदेश आउनु उचित नभएको तर्क राख्छन् ।उनी भन्छन्, ‘फिल्मको सुरुवातमै पात्र वा कथा काल्पानिक हुन्, मिल्न गए संयोग हुनेछ भनेर लेख्नुको कारण के हो त ? यही अहिलेको अवस्था सिर्जना हुन्छ भनेर त हो नि !’

‘बायोपिक’ निर्माण गर्दा बाहेकको अवस्थामा हुलिया मिलेकै भरमा सम्बन्धित व्यक्तिसँग अनुमति लिनुनपर्ने उनको बुझाइ छ। भन्छन्, ‘कुनै व्यक्तिबाट प्रभावित भएर पात्र निर्माण गर्न पाइन्छ । तर, त्यो व्यक्तिलाई हानीनोक्सानी भने पुर्‍याउनु भएन ।’

सेन्सर बोर्डले यो फिल्मलाई प्रदर्शन अनुमति दिनुपर्ने दीपकको तर्क छ । उनी भन्छन्, ‘राष्ट्रियता, सामाजिक सद्भाव खलबल हुने विषयमा सेन्सर लाग्ने हो । यस्ता विषयमा सेन्सर पास नहुने भन्ने हुँदैन ।’

लेखक तथा फिल्म विश्लेषक सामीप्यराज तिमल्सेना पनि अदालतको आदेशमा असन्तुष्ट छन् ।

उनी थप्छन्, ‘हरेक पात्र कोही न कोहीसँग मिल्न सक्छ । यस्तो आदेशले मसँग हुलिया मिल्यो भन्दै निहुँ खोज्ने बढ्न सक्छन् ।’

फिल्ममा कुनै पनि व्यक्तिको ‘क्यारिकेचर’ गर्ने स्वतन्त्रता रहेको सामीप्य बताउँछन् । थप्छन्, ‘जीवनी बनाउने हो भने मात्रै सम्बन्धित व्यक्तिको अनुमति लिनुपर्छ । नत्र कुनै पनि व्यक्तिबाट प्रभावित भएर पात्र निर्माण गर्न पाइन्छ ।’

कसैसँग हुलिया मिलेकै कारण सेन्सर पास नहुने अवस्था सिर्जना हुन नहुने उनको बुझाइ छ ।

भन्छन्, ‘यो फिल्म हुलिया मिलेकै कारण सेन्सर पास भएन भने कलामाथिको आक्रमणको रूपमा बुझिन्छ । गलत सन्देश प्रवाह हुन्छ ।’

लाज शरणम्‌को ब्यानर जेपीटी क्रियशनका अर्जुन घिमिरे ‘पाँडे’ भने अदालत प्रवेश भएको मुद्दामा बोल्न नमिल्ने बताउँछन् ।

रोकियो ‘ताण्डवम्’को प्रिमियर

बुधबार ५ बजे तय गरिएको फिल्म ‘ताण्डवम्’को प्रिमियर स्थगन भयो । फिल्म सेन्सर पास नभएपछि अन्तिम समयमा आएर निर्माण पक्षले प्रिमियर रोकेको थियो ।

निर्देशक जुनिम गहतराजका अनुसार ‘हिंसात्मक दृश्य’लाई सेन्सरले आपत्ति जनाएपछि प्रिमियर स्थगन गर्नुपरेको हो ।

शुक्रबारबाट यो फिल्म प्रदर्शनमा भने आएको छ । १० मिनेट समय बराबरका विभिन्न दृश्य काँटछाँट गरेपछि सेन्सर बोर्डले यो फिल्मलाई प्रदर्शन अनुमति दिएको हो ।

जुनिमका अनुसार सेन्सरपछि फिल्मको अवधि २ घण्टा ६ मिनेटबाट घटेर १ घण्टा ५६ मिनेटमा झरेको छ ।

जुनिम भन्छन्, ‘हामीले कथाको मूलभाव नमर्ने गरी दृश्य काँटछाँट गरेका छौँ ।’

स्टारका फिल्म फ्लप !

पछिल्ला तीन महिनामा स्टार नायक नायिका स्टारर फिल्म प्रदर्शनमा पनि आए । तर, व्यापार भने कमजोर नै भयो । नायक विपीन कार्की, सौगात मल्ल, प्रदीप खड्का र नायिका प्रियङ्का कार्कीजस्ता स्टार अनुहारको फिल्म पनि चलेनन् ।

मङ्सिरमा प्रदर्शनमा आएको विपीनको ‘तेल भिसा’ ले ५१ दिन मनायो । न्यून अकुपेन्सीका साथ ५१ दिन मनाएको यस फिल्मको व्यापार भने उत्साहजनक भएन ।

पछिल्ला तीन महिनामा स्टार नायक नायिका स्टारर फिल्म प्रदर्शनमा पनि आए । तर, व्यापार भने कमजोर नै भयो । नायक विपीन कार्की, सौगात मल्ल, प्रदीप खड्का र नायिका प्रियङ्का कार्कीजस्ता स्टार अनुहारको फिल्म पनि चलेनन् ।

सौगात मल्ल केन्द्रीय भूमिकामा रहेको फिल्म ‘बम बहादुर’ गत पुसमा प्रदर्शनमा आयो । सौगातजस्ता स्टार नायकको फिल्म पनि हलमा एक साता टिकेन ।

माघ अन्तिम साता दयाहाङ राई स्टारर ‘कार्साङ’ प्रदर्शनमा आयो । ट्रेलरले राम्रो हाइप बनाएको यो फिल्मको व्यापार पनि निराशाजनक रह्यो ।

दयाहाङ नै केन्द्रीय भूमिकामा रहेको ‘दुखी आत्मा’ न्यून अकुपेन्सी र शोसहित फिल्म प्रदर्शनरत छ । यस फिल्मले पनि दर्शकलाई हलसम्म तान्न सकेको छैन ।

अहिले चल्तीका स्टार प्रदीप खड्काको फिल्म ‘एक्टर : टेक वान’ पनि चल्न सकेन । यही फिल्मबाट प्रदीपलाई ‘सुपरस्टार’को ट्याग दिइएको थियो ।

यस फिल्ममा नायक राजबल्लभ कोइराला, नायिका दिव्या रायमाझी र आना शर्मा समेतको अभिनय छ ।

प्रदीपका कारण यो फिल्मले राम्रै व्यापार गर्ने अनुमान थियो । तर, फिल्मले अपेक्षित व्यापार गर्न सकेन ।

यो पनि –

चलचित्र जाँच कार्यविधि : पहिलो गाँसमै ढुंगा, सरकार भन्छ– छलफलका लागि खुला

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ७ : ३१ बजे

परराष्ट्रमन्त्रीद्वारा केआइआइटी घटनाबारे उडिसा मुख्यमन्त्रीसँग टेलिफोन वार्ता

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको उडिसास्थित केआइआइटीमा नेपाली विद्यार्थी

उडिसाबाट काँकरभिट्टा हुँदै २० जना विद्यार्थी फर्किए

बनियानी– भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत

सिटौला समूहको भेला : संस्थापन पक्षका गतिविधि अघि बढाउने

काठमाडौं– नेपाली कांग्रेसमा छुट्टै वैचारिक समूह चलाउँदै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद

ट्रम्प प्रशासनका तीन अधिकारीविरुद्ध मुद्दा दायर

एजेन्सी – अमेरिकी एसोसिएटेड प्रेस (एपी) ले राष्ट्रपति ट्रम्प प्रशासनका

जिम्मेवारीमा रहेका नेताहरू पदको लडाईंमा मात्रै लाग्नु हुँदैन ः एनपी साउद  

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले अधिवेशन गरेर भ्रातृ संगठनहरूलाई