श्रीलंकामा रेलको ठक्करबाट ६ हात्तीको मृत्यु | Khabarhub Khabarhub

श्रीलंकामा रेलको ठक्करबाट ६ हात्तीको मृत्यु


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलंकाको हबराना क्षेत्रमा बिहीबार ठूलो दुर्घटना भएको छ । यात्रुवाहक रेल हात्तीको समूहसँग ठोक्किएको छ, जसका कारण ६ वटा हात्तीको मृत्यु भएको छ ।

श्रीलंकाका समाचार माध्यमका अनुसार घाइते २ हात्तीको उपचार भइरहेको छ । यो श्रीलंकामा अहिलेसम्मकै सबैभन्दा खराब रेल–हात्ती टक्करको घटना मानिएको छ ।

श्रीलंकामा रेल र हात्तीबीचको यस्तो दुर्घटना सामान्य भइसकेको छ । वन्यजन्तु संरक्षणसँग सम्बन्धित संस्थाका अनुसार हरेक वर्ष रेल दुर्घटनामा २० वटा हात्तीको मृत्यु हुने गरेको छ । यसबाहेक गत वर्ष मानव हात्ती द्वन्द्वमा १७० भन्दा बढी मानिस र ५ सय हात्तीको मृत्यु भएको जनाइएको थियो ।

वन फँडानी र प्राकृतिक स्रोतको अभावका कारण अहिले हात्तीहरू मानव क्षेत्रमा पस्न बाध्य भइरहेका छन् । जसका कारण उनीहरू रेलमार्ग, खेतबारी र गाउँ गाउँमा पसेर दुर्घटनाको शिकार बन्न थालेका छन् । रेल दुर्घटना बाहेक धेरै हात्तीहरू बिजुलीको करेन्ट, विषाक्त खाना र शिकारीको चोरी शिकारको पनि मारमा परिरहेका छन् ।

वन्यजन्तु विज्ञ र स्थानीय प्रशासनले रेल चालकहरूलाई जंगल र हात्तीको करिडोरबाट गुज्रँदा रेलको गति कम गर्न र हर्न बजाएर हात्तीलाई सचेत गराउन निरन्तर अपिल गरिरहेका छन् । तर, यो उपाय अझै पूर्णतया प्रभावकारी साबित हुन भने सकेको छैन ।

हबरानामा यस्तो दुर्घटना भएको पहिलो घटना भने होइन । सन २०१८ मा एक गर्भवती हात्ती र तिनका दुई बच्चाहरू सोही क्षेत्रमा रेलको ठक्करबाट मारिएका थिए । यस्तै गत अगस्तमा पनि मिनेरिया क्षेत्रमा रेलले हात्तीको बथानलाई ठक्कर दिँदा २ हात्तीको मृत्यु भएको थियो भने एक हात्ती गम्भीर रूपमा घाइते भएको थियो ।

श्रीलंकामा हात्तीलाई विशेष कानुनी सुरक्षा छ। देशमा करिब ७ हजार जङ्गली हात्ती रहेको जनाइएको छ । जसलाई त्यहाँका बौद्ध समुदायले विशेष पूजाअर्चना गर्छन् ।

  श्रीलंकामा हात्ती मार्नु कानुनी अपराध हो, जेल सजाय वा भारी जरिवाना हुने गर्छ । तर, यति हुँदाहुँदै पनि मानव–हात्तीको द्वन्द्वका घटना बढ्दै गएको सरकार र वन्यजन्तु विज्ञहरूका लागि ठूलो चुनौती बनिरहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ७ : २५ बजे

जेन–जी आन्दोलनको भोलिपल्ट मंगलबार बिहान यस्तो देखियो नयाँबानेश्वर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका कारण सोमबार रणमैदान बनेको नयाँबानेश्वर क्षेत्र आज

बीपी कोइरालाको ११२औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं – नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो

मंगलबार बिहान ८:३० बजेदेखि काठमाडौंमा कर्फ्यू

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको समय बढाएको छ।

जेनजीको आन्दोलनमा घुसपैठ गरेको आरोपमा राप्रपाका केन्द्रीय सदस्य हमाल पक्राउ

काठमाडौं– जेन–जी पुस्ताले गरेको स्वतन्त्र आन्दोलनमा घुसपैठ गरेको आरोपमा प्रहरीले

सोमबार बानेश्वरमा दिनभर घुम्दा जे देखियो…

काठमाडौं– जेन–जी पुस्ताले भ्रष्टाचारविरूद्ध आन्दोलनको घोषणा गरेको थियो । सोमबार