श्रीलंकामा रेलको ठक्करबाट ६ हात्तीको मृत्यु « Khabarhub

श्रीलंकामा रेलको ठक्करबाट ६ हात्तीको मृत्यु


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलंकाको हबराना क्षेत्रमा बिहीबार ठूलो दुर्घटना भएको छ । यात्रुवाहक रेल हात्तीको समूहसँग ठोक्किएको छ, जसका कारण ६ वटा हात्तीको मृत्यु भएको छ ।

श्रीलंकाका समाचार माध्यमका अनुसार घाइते २ हात्तीको उपचार भइरहेको छ । यो श्रीलंकामा अहिलेसम्मकै सबैभन्दा खराब रेल–हात्ती टक्करको घटना मानिएको छ ।

श्रीलंकामा रेल र हात्तीबीचको यस्तो दुर्घटना सामान्य भइसकेको छ । वन्यजन्तु संरक्षणसँग सम्बन्धित संस्थाका अनुसार हरेक वर्ष रेल दुर्घटनामा २० वटा हात्तीको मृत्यु हुने गरेको छ । यसबाहेक गत वर्ष मानव हात्ती द्वन्द्वमा १७० भन्दा बढी मानिस र ५ सय हात्तीको मृत्यु भएको जनाइएको थियो ।

वन फँडानी र प्राकृतिक स्रोतको अभावका कारण अहिले हात्तीहरू मानव क्षेत्रमा पस्न बाध्य भइरहेका छन् । जसका कारण उनीहरू रेलमार्ग, खेतबारी र गाउँ गाउँमा पसेर दुर्घटनाको शिकार बन्न थालेका छन् । रेल दुर्घटना बाहेक धेरै हात्तीहरू बिजुलीको करेन्ट, विषाक्त खाना र शिकारीको चोरी शिकारको पनि मारमा परिरहेका छन् ।

वन्यजन्तु विज्ञ र स्थानीय प्रशासनले रेल चालकहरूलाई जंगल र हात्तीको करिडोरबाट गुज्रँदा रेलको गति कम गर्न र हर्न बजाएर हात्तीलाई सचेत गराउन निरन्तर अपिल गरिरहेका छन् । तर, यो उपाय अझै पूर्णतया प्रभावकारी साबित हुन भने सकेको छैन ।

हबरानामा यस्तो दुर्घटना भएको पहिलो घटना भने होइन । सन २०१८ मा एक गर्भवती हात्ती र तिनका दुई बच्चाहरू सोही क्षेत्रमा रेलको ठक्करबाट मारिएका थिए । यस्तै गत अगस्तमा पनि मिनेरिया क्षेत्रमा रेलले हात्तीको बथानलाई ठक्कर दिँदा २ हात्तीको मृत्यु भएको थियो भने एक हात्ती गम्भीर रूपमा घाइते भएको थियो ।

श्रीलंकामा हात्तीलाई विशेष कानुनी सुरक्षा छ। देशमा करिब ७ हजार जङ्गली हात्ती रहेको जनाइएको छ । जसलाई त्यहाँका बौद्ध समुदायले विशेष पूजाअर्चना गर्छन् ।

  श्रीलंकामा हात्ती मार्नु कानुनी अपराध हो, जेल सजाय वा भारी जरिवाना हुने गर्छ । तर, यति हुँदाहुँदै पनि मानव–हात्तीको द्वन्द्वका घटना बढ्दै गएको सरकार र वन्यजन्तु विज्ञहरूका लागि ठूलो चुनौती बनिरहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ७ : २५ बजे

काठमाडौं उपत्यकासहित देशभर वर्षात्, तराई क्षेत्रमा हुरीसहित असिना पानी !

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी

देशभर विपद्का ३१ घटना, एक जनाको मृत्यु, ४ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा भएका विभिन्न विपदका घटनामा परी १

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन 

काठमाडौं– प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण

अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण

बाजुरा– अपाङ्गता भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय बाजुराले घरमै पुगेर

‘महिला सहभागिताबारे रास्वपा सचेत छ, चार नेताको छलफललाई अन्य रुपमा नबुझौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी कोषाध्यक्ष लीमा अधिकारीले नयाँ सरकार गठनका