राष्ट्रपति पौडेल आज धरान जाँदै « Khabarhub

राष्ट्रपति पौडेल आज धरान जाँदै


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

धरान– राष्ट्रपति रामचन्द्र पौडेल आज धरान आउँदै छन्। राष्ट्रपति पौडेल राधाकृष्ण प्रणामी मन्दिरको धर्मशाला उद्घाटन गर्न आउन लागेका हुन् ।  

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरबाट धरानको फुस्रेमा रहेको सैनिक विद्यालयको खेल मैदानमा उत्रिएर कार्यक्रम स्थल आउने ट्राफिक प्रहरीले बताएको छ । उनले धरान-८ स्थित राधाकृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सवको अवसरमा धर्मशाला समुद्घाटन साथै १०८ पारायण पूर्णाहुति गर्ने कार्यक्रम रहेको  छ । 

मन्दिर स्थापनाको ५० वर्ष पुगेको अवसरमा मन्दिरद्वारा निर्मित १६ कोठे धर्मशाला साथै ब्रह्मलीन बाबाजी श्री १०८ गोपी दासको स्मृतिमा निर्मित गोपी स्मारक ध्यान साधनालयको उद्घाटन गरिने धरान-९ का वडाध्यक्ष रुपेश आचार्यले बताए।  

३ करोड १५ लाखको लागतमा १ कट्ठा जग्गामा १६ वटा कोठा निर्माण सम्पन्न गरिएको र  धर्मशालामा उपचारका लागि धरान आउने बिरामी, कुरुवा र  गरिब तथा असहायलाई निःशुल्क उपलब्ध गराइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ८ : ५३ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका