वीरगञ्ज भन्सार कार्यालयबाट ९४ अर्ब बढी राजस्व संक्लन | Khabarhub Khabarhub

वीरगञ्ज भन्सार कार्यालयबाट ९४ अर्ब बढी राजस्व संक्लन


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार राजस्व संकलन गरेको छ । यो गत आवको सोही अवधिमा संकलित रकममा सात अर्ब ९५ करोडले बढी हो । 

उक्त कार्यालयले उक्त अवधिमा एक खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार औद्योगिक कच्चापदार्थ र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलन पनि बढेको हो । 

‘दुई महिनायतादेखि राजस्व असुलीमा वृद्धि भइरहेको छ’, उनले भने । 

गत साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड र असोजमा १३ अर्ब ४७ करोड राजस्व असुली भएको थियो । यो कार्यालयलाई चालु आवमा दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व संकलन गर्न सरकारले निर्देशन दिएको छ । 

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ९ : ४५ बजे

‘सङ्घीय सरकारद्वारा विकास बजेट रोकिँदा समस्या भएको छ’

अर्घाखाँची- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीय सरकारद्वारा विकास बजेट

चुनावको तयारी र संसद् पुनःस्थापनाको मुद्दा सँगसँगै : उपमहासचिव ज्ञवाली

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव

लेक लागेर भरियाको मृत्यु

मनाङ– मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने

असोजमा अन्नपूर्ण क्षेत्रमा भित्रिए ३० हजार पर्यटक

गण्डकी– गत असोजमा ३० हजार ५४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको

विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ

काठमाडौं– लागूऔषध गाँजा जस्तो देखिने वस्तुसहित तीन भारतीयलाई प्रहरीले पक्राउ